Sunday, 19 November 2017 07:57 pm, Nepal

भेटवालको कथा, विदेशिँदाको व्यथा

मेचीकाली : 2010-02-18 08:30:37


संक्रमणकालमा छ देश । यो राजनीतिक संक्रमण छिट्टै अन्त्य हुने कुनै संकेत देखिँदैन । विकास निर्माणका काम ठप्प जस्तै छन् । बेरोजगारी बढ्दैछ । धनी झन् धनी र गरिब झन् गरिब हुँदै गइरहेका छन् । गरिबीको जालोबाट मुक्त हुने एउटा गतिलो माध्यम बनेको छ नेपालीका लागि -वैदेशिक रोजगारी । लाखौं नेपालीले गरिबीको जालोबाट मुक्त हुन देश छाडेका छन् । गाउँमा कुटो कोदालो गर्न लाज मान्नेहरु विदेशमा गएर ट्वाइलेट सफा गरिरहेका छन् । उनीहरुको दुःखको वर्णन गरेर साध्य छैन । उनीहरुकै श्रम र पसिनाबाट करोडौं रेमिट्यान्स भित्रने गर्छ बर्षोनी । यति र उति पैसा भित्रियो भन्दै लेखाजोखा गर्नेको पनि कमी छैन यो देशमा । तर, कस्ता दुःख सहेर नेपालीले त्यो रेमिट्यान्स भित्र्याएका छन् त्यसको लेखाजोखा कमै हुने गर्छ । कति दुःख सहेका छन् विदेशमा नेपालीले - अनि रातारात धनी बन्ने सपनाले उनीहरुलाई कुन हदसम्मको काम गर्न बाध्य बनाएको छ - साठीघर-४ काभ्रेका गुञ्जराज भेटवालको कथा ती नेपालीको कथा हो जो अहिले पनि विदेशी भूमिमा भेडा चराएर बसेका छन्, ट्वाइलेट र सडक सफा गरेर बसेका छन् । अनि बिसौं तल्लामाथि ज्यानको जोखिम मोलेर काम गर्दै चन्द्रमा छुने सपना देखिरहेका छन् । भेटवालले विदेशी भूमिमा दुःख गर्ने नेपालीको मात्रै प्रतिनिधित्व गरेका छैनन् । उनी त्यस्ता प्रतिनिधिपात्र पनि हुन् जसले विदेशमा बसेर बर्षौं दुःख गरेको हुन्छ, अनि देश र्फकँदा हातमा एक रुपैयाँ बाँकी रहँदैन र परिवारसमेत छिन्नभिन्न भइसकेको हुन्छ । पढौं ३५ वर्षीय भेटवालको कथा उनकै शव्दमा ः काठमाडौंको इमाडोलमा वेल्डिङको काम गर्थें म । त्यो कामले गुजारा चलिरहेको थियो । तर, सपना खाने र लाउने मात्रै हुँदैनन् । अलिकति पैसा कमाउने र सुखी जीवन विताउने सपना मेरो पनि थियो । र, त्यही सपनाले मलाई कतार पुर्‍यायो ०६१ मंसिरमा । आफ्नै जेठानहरुले थोरै खर्चमा उडाइदिएका थिए मलाई त्यता । त्यहाँ पुगेपछि जमेल स्टील नामको एक वेल्डिङ कम्पनीमा काम पाएँ । त्यही कामका लागि भनेर लगिएकाले मलाई खासै चिन्ता थिएन । जानेवित्तिक्कै साहुले पासपोर्ट कब्जामा लियो । केही समय काम गरें राम्रै थियो । तर, पछि पैसा पाउन छाडें । एक वर्षकाम गर्दा पनि पैसा पाइँन । खान र बस्न पनि समस्या भयो । मलाई त्यहाँ पुर्‍याउने जेठानहरुले पनि वास्ता गरेनन् । उनीहरु पनि त्यतै थिए । भोकै मर्नुभन्दा त्यहाँबाट भाग्नु नै उपयुक्त ठानें र एक वर्षछि त्यो ठाउँ छाडेर भागें । आफ्नो साथमा पासपोर्ट तथा अन्य कागजात केही नभएकाले कतै काम पाइँन । पुलिसले समात्ला भन्ने डर लाग्यो । कैयौं दिन सडकमा सुतेर भोकभोकै विताएँ । कसैले सहयोग गरेनन् । अनि ट्वाइलेट सफा गरें केही समय । एकठाउँमा केही समय काम गरिसकेपछि पुलिसले समात्ने डरले त्यहाँबाट भाग्थें र अर्को ठाउँमा त्यही काम गर्न पुग्थें । धेरै समय ट्वाइलेट सफा गर्ने, गिट्टी बोक्ने काम गरें । मैले पाएसम्म जस्तो पनि काम गरें पेट पाल्नका लागि । घरमा २१ महिनाकी छोरी र श्रीमतिलाई छाडेर आएको थिएँ । छोरीको भविश्यका लागि र श्रीमतिलाई सुखी बनाउनका लागि जसरी पनि पैसा कमाएर र्फकने सोच थियो मेरो । मलाई त्यहाँ पुर्‍याउने जेठानहरुलाई सहयोग गर्न आग्रह गर्दा मतलब गरेनन् । 'हामी केही गर्न सक्दैनौं, जे सक्छस् गर' भन्दै छाडिदिए मलाई । धेरै पटक बसेको ठाउँबाट घरबेटीले निकालिदियो । दर्ुइ बर्षगिट्टी बोक्ने, ट्वाइलेट सफागर्ने लगायतका काम गरेपछि एकजना मद्रासी ड्राइभरको सहयोगले पहिला काम गरेको अफिस पत्ता लगाए । साहुसँग पासपोर्ट मागें । तर, मेरो भिसाको म्याद सकिएको २१ महिना भइसकेछ । दुःख गरेर जम्मा गरेको केही पैसाले २१ महिनासम्मको जरिवाना तिरें । विदेश आएको तीम महिना वितिसकेको थियो । साथमा एक रुपैयाँ पैसा थिएन । छोरी र श्रीमतिको अनुहार सम्झेर खाली हात नेपाल र्फकन मनले मानेन । केही सहयोगीको माध्यमबाट पुनः एउटा वेल्डिङ कम्पनीमा काम पाएँ । सनहइवा भन्ने ठाउँमा क्युटिटिसी नामक कम्पनी थियो त्यो । तलब थियो ८ सय कतारी रियाल । खान बस्न गरेर ४ सयजति बच्थ्यो । सबै पैसा घर पठाउँथे । अब केही वर्षबसेर पैसा कमाएपछि घर र्फकने विचार थियो । झण्डै तीन लाख रुपैयाँ घर पठाएपछि यसपालीको दशैं घरमै मनाउने विचारले भिसाको अवधि नसकिँदै दशैंको अष्टमीको दिन नेपाल फर्किएँ । तर, यहाँ आएपछि म छाँगाबाट खसेजस्तै भएँ । मैले गाउँमा छाडेर आएकी श्रीमति शहरमा बस्न थालिछिन् । आउनासाथ मसँग सम्वन्धविच्छेद गर्न आग्रह गरिन् । मैले पठाएको एक रुपैयाँ पैसा पनि बाँकी रहेनछ । मेरो सपना सबै चकनाचुर भयो । २१ महिनामा छाडेर गएकी छोरी ठूली भइसकिछिन् । तर, उनले मलाई चिनिनन् । 'मैले नानु म त्रि्रो ड्याडी हो' भन्दा उनले स्वीकारिनन् । अहिले छोरी बनेपाको एक विद्यालयमा छिन् । दिनहुँजसो उनलाई भेट्न जान्छु । तर, उनले अहिलेसम्म मलाई बाबु मान्दिनन् । खुशीसाथ परिवारसँग बसेर दशैं मनाउने सपना लिएर आएको मेरो दशैं दशाजस्तै बन्यो । मेरो परिवार छिन्नभिन्न भइसकेछ । आउनासाथ श्रीमतिले सम्वन्धविच्छेदको मुद्दा दायर गरिन् । मैले 'अहिलेसम्म कमाएको पैसा जे भयो भयो अब मिलेर बसौं' भन्दा पनि उनले मानिनन् । मैले 'मेरो भएभरको सम्पति त्रि्रै नाम गरिदिन्छु छुट्टनिे कुरा नगर' भन्दा पनि उनले मानेकी छैनन् र अहिले जिल्ला अदालतमा सम्वन्धविच्छेदको मुद्दा चलिरहेको छ । मेरोजस्तो दुःख धेरैलाई परेको सुनेको छु । विदेश जाने धेरैलाई श्रीमतिले छाडेको सुन्ने गर्थें म कतारमै हुँदा पनि । तर, त्यस्तो हुन्छजस्तो लाग्दैनथ्यो । अहिले आफैंले भोगेपछि थाहा पाएँ यस्तो पनि हुँदोरहेछ भनेर । विदेशमा बसेर ठूला-ठूला सपना देख्ने धेरै दाजुभाईको सपना यसैगरी टुटेको पाएँ मैले । कतारमा तीन लाख भन्दा बढी नेपाली छन् । तीमध्ये झण्डै एक लाखको अवस्था राम्रै छ । तर, त्यति धेरै राम्रो पनि होइन । ५० हजारजति नेपालीले राम्रै काम पाएका छन् । उनीहरुको कमाई पनि राम्रै छ । तर, मजस्ता दुःख पाउने नेपालीको संख्या र्सवाधिक छ । दैनिक १८ घण्टा भन्दा बढी काम गरेर पनि तलब नपाउनेको संख्या गनिसाध्य छैन । उधारो खाएको पैसा तिर्न नसकेर धेरै काम गरिरहेको ठाउँबाट भाग्न बाध्य छन् । भागेपछि उनीहरु पुग्ने त्यही ट्वाइलेट सफा गर्ने र गिट्टी बोक्ने काममा हो । वर्षौं बस्दा पनि पैसा कमाउन नसकेर घर नफर्किएका नेपाली धेरै छन् । सहयोग गर्ने कोही हुँदैन । तीन वर्षा लागि भन्दै ६ महिनाको भिसा लगाइदिएर पुगेकाहरु अहिले पनि पुलिसबाट बच्न लुकीलुकी हिँड्न बाध्य छन् । लुकेर बस्दा पनि पुलिसको फन्दामा पुगेका नेपालीको संख्या कम छैन । उनीहरुको उद्धारको खाँचो छ । तर, कस्ले वास्ता गर्ने दुखीलाई ?

यो विषयका प्रतिक्रियाहरु

GB.Asthani:May 24, 2010 04:56:32 PM

आफ्नो श्रीमान को दुख नबुज्ने श्रीमती लाई के भन्नु र उत श्रीमती को नाम कलङ्क रहेछ आफ्नो श्रीमान को इज्जत र मर्म नबुझे उसलाई पापानी (स्वार्थी) भनेर हामी ले बुझौ वेतावल जी को जस्तो अरु को पनि नहोस as समाचार ले अति नै मर्माह बनाय को छ तर सब भन्दा ठुलो कुरा गरिब नै रहेच्छा सबैथौबता पिडित हुनु पर्ने दुख को कुरा एदी सकिन्छा वने उसलाई हेल्प गरौ
धन्य बाद !

Arun Thapa:Mar 3, 2010 12:16:44 PM

सार्है दुख लग्यो भेटवाल जी को कथा पढेर, सहि हो धेरैले दुख पाएका छन् यो परदेशमा त्येसैले आफु आफ्नो काममा दक्ष्य र सक्षम भएर अनि सबै कुरा राम्रो संग बुझेर कसैको प्रोलोभंमा नपरी आउन आग्रह गर्दछु / अनि वहाको श्रीमतीले वहाको दुख नबुझेर त्यस्तो गर्नु भएकोमा वहाले यहाँ पाएको भन्दा पनि बढी दुख लग्यो, कोहि नजिकका हुनुहुन्छ भने कृपया वहाको श्रीमतीलाइ वहाको दुख कस्ट सम्झाएर बुझिदिने प्रयास गर्नु होला / धन्यबाद /

bibek lamaa:Mar 2, 2010 03:41:47 PM

जिन्दगि यस्तै हो परिवार को लागि भनेर विदेश गयो परिवार कै चोट क गर्नु समाचार पढेर दुख लग्यो

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु