Monday, 20 August 2018 12:20 pm, Nepal

अग्रजहरुसंगको मेरो दश दिने तिर्थयात्रा

मेचीकाली : 2010-03-17 08:30:16


-केदार तिमल्सिना भारतको कामरु कामख्यदेखि नेपालको पशुपतिनाथसम्म मैले सोचेको पनि थिइन् मैले घुम्न चाहेको दार्जलिङ्ग, धरानको बुढासुब्बा लगायतको स्थानमा जाने मेरो सपना कहिले पुरा हुन्छ भनेर तर केहि दिन अघि मैले घुम्ने सपना बुनेको दार्जलिङ्ग लगायतका स्थानमा घुम्नको लागि मलाई अवसर जुर्टाईदिनु भयो मेरो दाई रमेश न्यौपानेले । मैले धेरै समय पहिलेदेखि नै उहाँलाई दार्जलिङ्ग लगायतका ठाउँमा घुमाइदिनको लागि गरेको अनुरोधलाई स्विकारदैँ उहाँले फागुन १४ गतेदेखि फागुन २४ गतेसम्मको एउटा तिर्थयात्रा कार्यक्रम छ भाई जाने भए जाऊ भन्नु भयो र मैले जान चाहेको स्थानमा जान पाउने भएपछि म पनि तिर्थयात्रामा सहभागि हुँदै १४ गते विहान काठमाडौबाट तिर्थयात्रा तर्फअघि बढे । १४ गते विहान करिव चार बजेको समयमा म दाईसंग घुम्नको लागि पेप्सीकोलाबाट बानेश्वर तर्फलागेँ । बानेश्वरमा तिर्थयात्रा जानका लागि आउने म भन्दा अग्रज मेरो हजुरआमा, आमा तथा दिदिहरु सरहका व्यक्तिहरुको आवागमन भएको थियो । विभिन्न स्थानहरुबाट तिर्थयात्रामा निस्कने भएकाले ठाउँठाउँबाट तिर्थयात्रामा सहभागिता जनाउनु हुने व्यक्तिहरुलाई कुदैँ हामी विहान ७:१५ बजे कलंकीबाट हामी हिडेको बस अघि बढेको थियो । मेले चिनेको गाडि हाँक्ने मेरो दाई र तिर्थयात्राको गाइड गरिरहनु भएको राजेन्द्र दाई बाहेक अरु सबै म संग अपरिचत व्यक्तिहरु हुनु भएकोले मलाई यात्राको पहिलो दिन साह्रै अप्ठेरो महशुस गरिरहेको थिए । मैले यात्राको अघिल्लो दिनमा यात्रामा कस्ता व्यक्तिहरु जानुहुन्छ उहाँहरुसंग कसरी हेलमेल हुने भनेर चिन्ता लागेको भएपनि मेले सोचे भन्दा फरक र आफन्तहरुको व्यवहार मलाई उहाँहरुले गर्नुभएकोले मलाई यात्रामा उहाहरुसंग घुलमिल हुन कुनै अप्ठेरो भएन । पहिलो दिन हामी काठमाडौँबाट विहान छुटेको हाम्रो रिर्जभ बस ठाउँ - ठाउँका दृश्यहरु हेदै बाटोमा विभिन्न भजन गाउँदै बेलुका यात्रामा सहभागि हुनुभएकी सुमित्रा दिदिको घर इटहरीमा गएर पहिलो बास बसेका थियौँ । भोलिपल्ट विहान अर्थात् फागुन १५ गते सबैरै उठेर हामी शनिश्चरे झापामा रहेको ऐतिहासिक महत्व बोकेको अर्जुनधारा घुमफिर गरी विभिन्न स्थानमा मनमोहक दृश्यावलोकन गदैँ बेलुका भारतको वेष्ट बंगालमा रहेको हासिमारास्थित गुरुद्धार धर्मशालामा हाम्रो बास भएको थियो । फागुन १६ गते विहान करिव पाँच बजे उठेर हामी भारतको आसाम प्रदेशमा रहेको चर्चित मन्दिर कामरु कामख्य मन्दिरको दर्शन गर्नका लागि हाम्रो बस हासिमाराबाट आसाम प्रदेशको गुहावटी तर्फअघि बढ्यौ र बेलुका हामी गुवाहटिमा रहेको एउटा धर्मशालामा हाम्रो बास बस्यौँ । तिर्थयात्रामा निस्केका हामीले एक दिन गुवाहटिमा नै रहेका विभिन्न तिर्थस्थलहरु घुम्ने निधो गदैँ फागुन १७ गते विहान सबेरै उठेर त्याँहास्थित चर्चित मन्दिर कामख्या मन्दिरको दर्शन गर्नका लागि हामीले विहान ५ बजेदेखि नै लाइन बसेर चार घण्टा लामो प्रतिक्षा पछि हामीले कामख्या देवीको दर्शन गरेका थियौ । त्यसपछि हामीले अर्को चर्चित मन्दिर कामरुको पनि दर्शन गरेपछि हामी खाजा खाई गुवाहटिमा रहेका अन्य मन्दिरहरु जस्तै ब्रहृमपुत्र, नमोग्रह, बशिष्ठ गुफा, तिरुपति बालाजी लगायतका मन्दिरहरुको अवलोकन गरी बेलुका अघिल्लो दिनमा बसेको धर्मशालामा बास बसेका थियौ । भोलिपल्ट विहान अर्थात् फागुन १८ गते हामी गुवाहटिबाट बाटामा देखिने विभिन्न स्थानहरु हेदैँहेदै आउने क्रममा हामीले पहिले गएको बाटो बिर्सेर अर्कोबाट तर्फलागेकाले सबैलाई एकछिन कहाँ पुगिने हो भनेर मनमा शंका उत्पन्न भएपछि हामीले बाटोमा सोधि खोजी गदैँ हासिमारा जाने बाटो सोध्दै अघि बढ्ने क्रममा हासिमारा आईपुगेपछि हामीले त्याँहा रहेको गुरुद्धार धर्मशालामा बास बसेमा थियौ । फागुन १९ गते विहान सबैर उठेर हामी हासिमारबाट दार्जलिङ्गतर्फप्रस्थान गर्‍यौँ । करिव १ बजेको समयमा हामी दार्जलिङ्ग पुगेर त्यसदिन हामीले त्याहाँ रहेको हिमालयन पर्वतारोहण संस्थान संग्राहलयको अवलोकन गर्‍यौँ जहाँ हामीले पर्वतारोहण पर्वतारोहणका लागि आवश्यक पर्ने सामाग्रीहरु राखिएका थिए भने पर्वतारोहण गर्ने व्यक्तिहरुको फोटोहरु समेत राखिएका रहेछन् । पर्वतारोहण संस्थानको अवलोकनपछि हामी त्याहाँ रहेको चिडियाखानमा गई विश्वमा दुर्लभ मानिने रेड पाण्डा, भालु, ब्वासो, चितुवा, बाघ लगायतका जनावरहरु हेरी हामी त्याहाँ रहेका बौद्ध गुम्ब्हरुको अवलोकन गरी दार्जलिङ्ग रहेको चिया बगान हेर्दा हेदैँ साँझ परेकोले हामी बास बस्नको लागि हामीले बुकिङ्ग गरेको होटल तिर अघि बढ्यौ । २० गते विहान चार बजे उठेर हामी दार्जलिङ्गको टाइगर हिलबाट देखिने मनोरम सूर्योदय हेरेर त्याहाँबाट हामी दार्जलिङ्गमा रहेको रक गार्डेन लगायतका स्थानहरु हेरी नेपाल तर्फअघि बढ्यौँ पशुपतिनगर हुँदै हाम्रो बस इलामको फिक्कलमा आएर एक छिन रोकियो र बजार घुमेर त्याहाँ चर्चित रहेको छुर्पी किनेर हाम्रो बस अघि लाग्यो र अघि लाग्ने क्रममा हामीले इलामको प्रसिद्ध कन्याम चिया बगान, झिलझिले झापामा रहेको सताक्षी धामको दर्शन गरी बेलुका सुनसरीको चतरामा रहेको धर्मशालामा हाम्रो बास भएको थियो । २१ गते बिहान हामी सबेरै उठेर चार क्षेत्रहरु मध्ये सुनसरीमा रहेको बराह क्षेत्रको दर्शन गर्नको लागि हामी एउटा सानो गाडि रिजर्भ गरेर बाराह क्षेत्र तर्फलाग्यौँ । करिव आधा घण्टामा हामी बाराह क्षेत्र पुगेर त्याँहा रहेका विभिन्न देवीदेवताको पुजा गरेपछि हामी त्याँहबाट हामी बसेको स्थान तर्फलाग्यौ । विहान खाना खाएपछि हामी चतराबाट धरानको प्रसिद्ध बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिरको दर्शन गरेपछि बेलुका विराटनगरमा रहेको अतिथि सेवा सदन नामक धर्मशालामा हाम्रो बास भयो । २२ गते विहान सबेरै उठेर हामी धनुषा जिल्लामा रहेको रामजानकी मन्दिरको दर्शन गर्नका हामी जनकपुर तर्फहानियौँ र जनपुरमा रहेको रामजानकी मन्दिरको साथै अन्य मन्दिरहरुको दर्शन गरी हामी चितवनको प्रसिद्ध धार्मिक स्थान देवघाट तर्फलाग्यौँ बाटोमा विभिन्न स्थानका बारेमा जानकारी लिँदै सो दिन राती हामी देवघाटमा रहेको मारवाडि सेवा सदन नामक धर्मशालामा हामी बास बस्यौँ । २३ गते विहान करिव पाँच बजेतिर उठेर सबैजना देवघाटको त्रिवेणीमा गई स्नान गरी त्याँहा रहेका विभिन्न देविदेवताका पुजा आजा गरी बस भएको स्थानसम्म आई चिया पिएर हामी मनकामना माताको दर्शन गरी काठमाडौ र्फकने निधो गदैँ बस चढी गोरखा जिल्लामा रहेको मनकामनाको दर्शन गर्नका लागि करिव ९-४५ बजे हामी कुरिनटारमा और्लियौँ । केहि समय मात्र अघि मनकामना गएको हुँदा मैले भने कुरिनटाराट नै मनकामना मातालाई दर्शन गरेँ । म, रमेश दाई र राजेन्द्र दाई कुरिनटारमा खाना खाई बस्यौँ । मनकामना दर्शन गर्नका लागि जानु भएका अरु हजुरआमा, दिदि र दाईहरु मनकामनाको दर्शन गरी करिव १२-३० बजे कुरिनटारमा र्फकनु भएपछि हामी काठमाडौ तर्फअघि बढ्यौँ । काठमाडौँ आउने क्रममा हामी बसमा नेपालको पवित्र तिर्थस्थल पशुपति नाथको दर्शन गरी नयाँ बानेश्वरमा पुगेर हाम्रो यात्रा टुङग्याउने निधो गदैँ हामी पशुपति नाथको दर्शन गर्नका लागि गयौँ । पशपति नाथको दर्शन पछि हामी गौशाला हुँदै नयाँ बानेश्वरमा आई बेला बेलामा सर्म्पर्कमा रहने वाचा गदैँ हामी हाम्रो यात्रामा हामीलाई अति नै माया गर्ने यात्रामा सहभागि हुनु भएका हजुरआमा, दिदी, दाईहरुबाट बिदाइका हात हल्लाउँदै हामी उहाँहरुबाट दश दिने यात्राबाट विदा लिई पेप्सीकोला तिर गयौँ । मैले दश दिने तिर्थयात्रा गर्दा भारतका अधिकाँश मन्दिरहरु जमिनको सतह भन्दा तल राखिएका देखिन्थे भने मन्दिरमा पुजाआजा गर्नका लागि बसेका पण्डाहरु पनि नेपालबाट गएका तिर्थयात्राहरुसंग कसरी रकम असुल्ने मनस्थिति बनाएर बसेको मैले पाएँ । नेपाली तिर्थ यात्रीहरु गएपछि मन्दिरमा रहेका पण्डाहरु तिर्थयात्रीहरुलाई यो देवतालाई यति रुपैँया भेटि चढाउ जस्ता आदेश दिएका देखिन्थ्यो । नेपाली तिर्थयात्रीहरुले पाँच वा दश रुपैँया देवतालाई भेटि चढाए भने यतिले हुँदैन जस्ता वाक्य उनीहरुको मुखबाट निस्कन्थे । दश दिने तिथयात्रामा तारादेवी आचार्य, सुशिलाकुमारी पोखरेलर्,र् इश्वरी लुइटेल, सावित्री घिमिरे, मिनु के.सी., चन्दु खत्री, विनादेवी के.सी., रामेश्वरी खड्का, मनदेवी बस्नेत, प्रदिपा घिमिरे, सुमन पौडेल, शर्मिला अधिकारी, रामशरण घिमिरेर्,र् इश्वरी घिमिरे, रेणु घिमिरे, सतिदेवी उपाध्याय, सुमित्राकुमारी घिमिरे, रेनु श्रेष्ठ, शारदा शर्मा, पदमा शर्मा, अनुपा शर्मा, नारायणी अधिकारी, शुलोचना पौडेयाल, जानकीराज भण्डारी, श्याम अर्याल, मनोजकुमार शर्मा, लक्ष्मी थापामगर, सरला अर्याल, सरस्वती ढुङ्गेल, धनकुमारी घिमिरेसंगको मेरो दश दिने तिर्थयात्रामा उहाँहरुले मलाई आफ्नै नाति, छोरा र भाईको रुपले मलाई जुन व्यवहार गरी माया गर्नु भयो त्यसको लागि म उहाँहरुलार्इं हृदयदेखि नै आभार प्रकट गदैँ उहाँहरुसंग आगामी दिनमा पनि उहाँहरुसंग मेरो यस्तै रमाईलो यात्रा हुने अपेक्षा गदैँ मलाई यात्राम सहभागि गराउनु हुने मेरो दाई रमेशलाई पनि हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु ।

यो विषयका प्रतिक्रियाहरु

Bed Nath Ghimire:Apr 27, 2011 02:33:39 PM

धन्य बाद

pyus:Apr 27, 2011 02:21:35 AM

हा हा हा ल थिर्थ यात्रा पनि गर्न व्यैसकेको .... अनि रमेश र केधर को pic त hency देखियको छ keep it up ..

pratik neupane :Mar 28, 2010 12:53:54 AM

ओह केदार सर तपाईं को यात्रा सारै राम्रो लग्यो मलाई बिसेस गरि रमेश ब्रो लै देखेको मा खुसि लग्यो सो हन्द्सोमे
हुनु वाय छ
ओक राम्रो प्रगत्क्षि गर्दै जानु ल केदार
बुद्धि कृष्ण न्यौपाने

Hareram Thapa:Mar 25, 2010 12:28:44 PM

बाबू कति ghumchhaau तिमि अहिले देखि नै तिर्थ यात्रामा लाग्यौ भने बुढो भए पछी ke गरौला? ल ल मोज गर तिम्रै त छ दिन...

jeevan kc:Mar 25, 2010 08:20:11 AM

वाउ ल दामी लाग्यो ब्लग पढेर धन्यवाद ल काभ्रेली डट कम लाई

Sharan:Mar 19, 2010 02:14:02 PM

yo blog padhera dherai khusi lagyo la, Thanks Kedar Ji

Ramsharan:Mar 19, 2010 02:12:15 PM

Nice Journey, Im So Happy Yo Blog Padhera

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु