dashain
Wednesday, 17 October 2018 11:54 am, Nepal

कार दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

मेचीकाली : 2014-07-10 13:17:56


चितवन, २६ असार : नारायणगढ–मुग्लिङ सडकखण्डको घुमाउनेमा आज बिहान कार दुर्घटना हँुदा एक जनाको मृत्यु भएको  छ भने दुई जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा९च ७७८८ नम्बरको कार सडकबाट झन्डै ६० मिटर तल खस्दा कारमा सवार काठमाडौँ धापासी बस्ने ४० वर्षीय चिजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

त्यस्तै तनहुँ सप्तगण्डकी नगरपालिका–२ बस्ने ३० वर्षीय कार चालक देवन थापा र सोही ठाउँ बस्ने २९ वर्षीय सुनिल बसौला घाइते भएका छन् । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु