dashain
Wednesday, 17 October 2018 10:41 am, Nepal

मोदी भ्रमणलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

रासस : 2014-11-20 13:57:27


लुम्बिनी, ४ मंसिर :

सार्क सम्मेलनको अवसरमा भारतीय प्र्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने दिन नजिकिँदै गर्दा नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदी भ्रमणको मिति नजिकिँदै गर्दा रुपन्देहीका सीमा नाकामा तालिम प्राप्त कुकुरमार्फत चेकजाँच सुरु गरिएको छ ।

जिल्लाको सबैभन्दा ठूलो बेलहिया नाकामा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट ल्याइएका तालिम प्राप्त कुकुरद्वारा बुधबारदेखि चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ । चेकजाँचका लागि ल्याइएका यी कुकुरले सुँघेर विस्फोटक पदार्थ ल्याए नल्याएको पत्ता लगाउन सक्ने प्रहरी सहायक निरीक्षक विक्रमबहादुर थापाले जानकारी दिनुभयो  ।

प्रहरी सहायक निरीक्षक थापाको कमान्डमा क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट चारजना प्रहरी कर्मचारीसहित दुईवटा कुकुर रुपन्देहीमा ल्याइएको प्रहरीले जनाएको छ । बुधबार प्रहरीले बेलहिया नाकामा कुकुरमार्फत चेकजाँच गरेका छन् । ‘लेबरोटर र जर्मन सेर्फड नामक प्रजातिका दुईवटा कुकुरमार्फत रुपन्देहीका विभिन्न सीमा नाकामा चेकजाँच गरिरहने छौँ’, थापाले राससलाई भन्नुभयो, “यी कुकुरले विस्फोटक पदार्थ सामग्रीहरु पत्ता लगाउने गरेका छन् ।

भारतबाट आउने प्रत्येक ठूला साना सवारी साधन, पैदल यात्री, रिक्सा, साइकल सबैलाई कुकुर र प्रहरी कर्मचारीद्वारा चेकजाँच गराएरमात्रै नेपालमा भित्रिन दिने गरेको थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु