Monday, 20 August 2018 12:20 pm, Nepal

'आई लभ यू'कान्छी

मेचीकाली : 2010-05-20 16:30:41


कृष्ण चन्द्र बन्जारा 'सिङ्गो कतार मेरो लागी जेल भएको छ ।' किन र - मैले प्रश्न गरेँ । 'पैसा नभएर के भो र - तिमी जस्तो मिल्ने साथी थियौ । कान्छी थिई । यहाँ कोही छैन ।' 'झुर' सुरु सुरुमा यस्तै हुन्छ । मेरो प्रतिक्रिया थियो । होइनर् २ वर्षभईसक्यो । गत वर्षबिदा मिलाएर घर गएको थिए । कान्छीको त्यो प्यारो अनुहार हेर्ने रहरले पुरै घुमे,भेट भएन । धेरै डाहा हुदो रहेछ साथी खप्नै गाह्रो । पिर नगर यार समय आँउछ । त्रि्रो खुसी तिमीले पक्कै पाउँछौ । अचानक 'फेसबुक'मा भेटीएको उसलाई मैले यस्तै शव्दहरुले सम्झाएँ । उ भने सम्भिmएन । छटपटहटका श्ब्दहरु पोखिनै रह्यो । उ सँग गफ गर्ने धित नमर्दै लोडसेडिङ्गले नचाहे रै हामीलाई छुटायो । सायद एसएलसी पास हुनु नै हाम्रो भेट हुनुको कारण थियो । हामी सुन्दर भविष्यको संकल्प लिएर एकै दिन कलेजमा पुगेछौ । पहिलो दिन नै हाम्रो भेट भएको थियो । उ र म कसरी साथी भयौ - पत्तै भएन । 'मेरो मिल्ने साथी तिमी मात्र हौ ।' उसले एक दिन भनेको थियो । किन र - मैले सोधेको थिए । 'स्कुल जिवनमा म सँग उमेश सारै मिल्थ्यो ।' अहिले दुश्मन भइसक्यो र उ - मैले सोधँे । 'होइन उसको व्यबहारमा परिवर्तन आयो ।' परिवर्तन भन्नाले - ' उ राजनीति बुझ्ने भयो । तिमीलाई राजनीति मन पर्दैन र - 'मन पर्छ तर हरेक शव्दमा राजनैतिक गन्ध मिसाएर बोल्ने मान्छे चै मन पर्दैन । राजनीतिको नाममा मानवता बिर्सनेलाई किन मन पराउनु - उसले यस्तै तिक्तता पोखेको थियो । यसै बेलामा हाम्रो बिचार मिलेर हुनर्ुपर्छ हामी बीचमा साथित्व कायम भएको थियो । 'यात्री,यात्री' एकदिन उसले अचानक बोलायो । किन र - मैले सोधेँ । उ हतारिए झै भएको थियो । सबै भन्दा बढि बेरोजगारी समस्या सृजना गर्ने के हो - कलेजको दोस्रो घन्टी पछि सधै 'हाफ टाइम' हुने भएकोले 'क्यान्टिन'तिर जाँदै गर्दा उसले सोध्यो । घोकन्ते बिधिको शिक्षा । मैले भनिदिएँ । उ मेरो उत्तर प्रति सहमत भएन । 'नाम मात्रको राजनीति गर्नेहरु नै हुन् ।' कसरी - मैले भने 'हरेक कुरामा राजनैतिक हस्तक्षेप, असल,इमान्दार,मिहिनेती, सक्षम होइन कुन पार्टी समर्थित हो भन्ने कुरा चै पहिलो रोजगारी पाइने आधार , लिखीत रुपमा नाम निकालेको भए 'पावर' खोज्नु रे,फलानो पार्टीको फलानो नेतालाई ढोग्न सके नाम निस्कन्छ रे , छि ! पुरै समाजलाई परजीबी बनायो यसले ।' उ भन्दै थियो । 'मिहिनेती,सक्षम र कसैलाई ढोगेको मन नपराउनेहरु कति दुखी होलान्' । 'न श्रमको सम्मान गर्ने वातावरण छ न राजनीति भनेको समाजसेवा जस्तै पवित्र कुरा हो भन्ने कसैलाई थाहा नै छ ।' उसलाई पिडा बोध हुनुको अर्काे कारण पनि रहेछ । एसएलसी पास भएपछि पढ्नकै लागि पनि उसले काम गर्नुपर्थ्याे । सोही परिक्षा दिए लगत्तै देखि पत्रपत्रिकामा प्रकाशित हुने 'आवश्यकता' लेखिएको विज्ञापन हर्ेनु आदत नै भएको थियो उसको लागि । एक दिन क्याम्पस जान पनि समय पुने गरी नजीकै एउटा 'प्रइभेट' अफिसमा 'अफिस सहयोगी' पदमा विज्ञापन खुलेकोले उ उत्साहीत भयो । एसएलसी भर्खरै पास भएको थियो, कप्युटर साधारण चलाउन पनि आइहाल्थ्यो । सायद पुरै आसका साथ उ भिड्न गयो । अझ उसको तत्कालिन मिल्ने साथिको आफन्त ती हाकिम पर्छन भन्ने थाहा पाए पछि भनसुन पनि लाग्ने उसलाई आस थियो । ' उमेश मैले जागीर पाउने भएँ , म पनि सजिलै पढ्न पाउने भएँ ।' उसले खुसीका साथ साथीलाई मनका कुरा पोखेको थियो । तर उसले साथित्व, सहयोगी पनानै भुलेर ती हाकिमकोमा गएर 'तिमीले राख्न लागेको मान्छे र त्रि्रो पार्टर्ीीउटै हो - बिचार गर्नु । ' भनेर फर्किए पछि उसले पाउनै लागेको अबसर एकजना मिल्ने साथीकै कारण गुमाएको थियो । 'अरुको खुट्टा ढोग्नु भन्दा मर्नु जती ' भन्दै ज्यामी काम गरेर उसले कलेज भर्ना गरेको थियो । मनमा पिडाको शिखर भए पनि उ भने 'रोमान्टीक'स्भाव देखाउन खप्पिस थियो । अरुलाई हँसाउन, रमाइलो अनुभव सुनाउन निकै सौखिन थियो । 'यात्री बढी त्यता नहेर त -' लाइबेरी जाँदै गरेका हुल केटीहरु तीर इङ्कीत गर्दै उसले भन्यो । 'त्रि्रीलाई हेरेको छैन ।' मैले भनिदीएको थिए । 'तिमीले मेरी कान्छीलाई पाउँछौ भन्ठानेका छौ की के - आश नगर साथी ।' उसले भनेथ्यो । हामीले एउटी केटीको सांकेतीक नाम कान्छी राखिदियौ । त्यो पनि उसैले जुराएको । कान्छी परिवारको साँच्चै कान्छी छोरी रे । उ पनि कान्छो नै थियौ । सबै थोक कान्छोसँग सम्बन्धित भएपछि उसले 'चेस' भन्यो । अर्थात त्यो नाम पारित भयो । काछी वास्तबमै राम्री, 'ट्यालेन्ट' थिई । हरेक 'इन्टरनल एक्जाम' मा 'टप'नै भएपछि उ जस्ता केटा कान्छीलाई खाँचो थिएन । कक्षा ६ देखि एसएलसीसम्म उनीहरु सँगै पढेकाले एक अर्काको अव्यक्त प्रेमको अनुभुती भने उनीहरुले एक अर्कामा गरिरहेका थिए । दुबै अतिरीत्त क्रियाकलापमा सँगै संलग्न हुने भएकोले त्यो अदृश्य, सुसुप्त प्रेमको बिरुवा झाँङ्गीन मद्दत मिलेको थियो । कान्छीले साँच्चिकै उसलाई मन पराउछे वा पराउँदिन - कलेज आएपछि एउटा धिरमीरो प्रश्न जन्मियो । हामीले यो प्रश्नको हल निकाल्न एउटा योजना बनायौ । कलेजको बाषिर्क उत्सवमा नाटक निकाल्ने । जसमा कान्छीलाई हामीले कान्छीकै नाममा एउटा भुमिका खेल्न सहमत गरायौ । जसले हामीलाई उसलाई सधै कान्छी नै भनेर बोलाउन पनि सजिलो गरायो । म कान्छीको धनाढ्य, गन्यमान्य बाऊ सेरसिङ्ग हुन्छु । उ कुनै गाँउको केटा । मेरी छोरी कान्छीलाई उसले मेरै घरमा नोकरको काम गर्दा गदै मन पराएको हुन्छ । 'हे तँ जस्ता झिना मसीनाले मेरी छोरी माथि आँखा गाड्ने - मेरो 'डाइलग' थियो । 'प्रेममा कुनै स्तर हुदैँन साहेब ! हामी २ को मन समान भयो । हामीले अपराध गरेका होइनौ ।' उसले भन्यो । मैले नोकरलाई जबरजस्ती घरबाट निकालीदिन खोज्छु । 'गरीबले गरीबसँग नै प्रेम गर्नु पर्छ ,श्रमीकले श्रमीकसँग, धनीले धनीसँग तेरो र मेरो छोरीको स्तर मिल्दैन भनेको सुन्दैनस - तँ निस्की ।' मैले घोक्र्‍याउदै निकाली दिन्छु । मैले लखेटदै गर्दा कान्छीले उसलाई अंगालो हाल्न आई पुग्छे । 'आइलभ यु कान्छी' उसले यो 'डाइलग' दोहोर्‍याउदै गर्दा दर्शकले ताली बजाउँछन् । उनीहरु सारै उत्तेजीत देखिन्छन् । 'तिमीले मलाई पाल्न सक्ने आर्थिक अबस्था छ - कान्छीले यो प्रश्न आफैले बनाएर भनी । 'म पाल्छु कान्छी , तिमीलाई दुःख हुन दिन्न ।' 'आई अल्सो लभ यु ' कान्छीले पनि भनि । उसले कान्छी लाई भगाएर लैजान्छ । हामी पर्दा बाट निक्लन नै लाग्दा अर्काे हाँस्य पात्रले 'कान्छाले कान्छीलाई लग्यो भिरको बाटो लाल्टीनी बालेर ' बोलको गीत गाँउदै हँसाउन थाल्छ । दर्शक पेट मिचिमिचि हाँस्न थाल्छन । वास्तबमै हो की के हो - नाटकको 'ह्याङओभर' नसकिदँै मैले सोधेँ । वास्तविकता झल्किन्थ्यो - उसले जीज्ञाशु भएर सोध्यो । 'वास्तवमै वास्तविकता थियो ।' यसो भने पछि कान्छी पनि हाँसी । उसले कहिल्यै पनि कान्छीलाई वास्तविक रुपमा नै 'म तिमीलाई प्रेम गर्छु' भन्ने आँट गर्न सकेन । कान्छीले उसको कमजोर आर्थिक अबस्था कै कारण नकार्छे भन्ने थियो उसलाई । उसको पाँच जना दिदीहरु थिए रे । सबैलाई बिहेमा दिएको दाइजोले नै उसको परिवार ऋणमा डुबेको रे । उसका यस्तै कुराहरु सुन्दा सुन्दै हामीले ११ कक्षाको जाँच पनि मिलेरै दियौ । मेरो कोठामा उ बरोबर आइरहन्थ्यो । जाँचको तयारी हामीले जोडतोडले गरेथ्यौ । 'अब स्तर मिल्छ ।' धेरै अगाडीको नाटकको मेरो 'डाइलग'लाई पछिल्लो भेटमा उसले प्रतिवाद गर्‍यो । कसरी - मैले भने । 'कान्छी र मेरो स्तर बराबर गर्न पनि म बिदेश जानै पर्छ ।' पढाइको स्तर त तल माथी हुन्छ नी ।' मेरो कुरा उसले नसुनने झैँ गर्‍यो । उसकै कुरा सुनाइ नै रह्यो । 'म तीन बर्षो लागि जान्छु, त्यतिबेला सम्म कान्छी त्यती परिपक्व भइसकेकी हुन्न । उसको परिवार आर्थिक र शैक्षिक रुपमा निकै परिपक्व भइसकेकोले कान्छी बिहे हत्तपत्त गर्थैनन् । म त्यतिबैला आर्थीक रुपमा बलियो हुन्छु । त्यतिबैला मात्र म उसलाई प्रेम गर्छु भन्ने कुरा सुनाउछु । उसको योजना थियो । 'मनको कुरा उसलाई सुनाएर जाउ ।' मैले भने । उसले मानेन । उ क्या राम्रो पढथ्यो , उसले बिदेशमै थाहा पायो होला । यहि सोचीरहँदा म लामो समयपछि र्साईबर जने योजना गर्दै थिए । १२ कक्षा पास भएपछी । नभन्दै उ 'नेट'मैरहेछ । फेरी खुसीले गदगद भयो उ । कान्छीको हालखवर थाहा पाएका छौ - उसले यो प्रश्न गरे पछि मात्र म झल्यास्स भए । कान्छी कलेज आउदीन थि । सुनेथे कुनै 'आरजे' सँग विहे गरेकी छे । यो कुरा उसले पत्याएन् । म उसको बारेमा थपकुरा थाहा पाएर पछि खवर गर्छु। मैले उसलाई भने । एकदीन कलेजमा मार्सर्ीीलिन कान्छी कलेज आएकी दिई । त्यहि बेलामा मैले भटे । कुरो सहि रहेछ । एफएममा जागीर खान्छे रे । आरजे सँगै विहे भएको छरे । उसैले भनेकी हिजोआज रोज नेटमा हुन्छे भन्ने थाहा पाएपछी उसको आईडी पनि पत्ता लगाएर साथीलाई दिए । उ 'भ्वाइस च्याट'मा थियो । उ हिजो आज पियकड भएछ । 'आई लभ यु कान्छी ' मैले नाटकमा मात्र भने , 'रियल'मा भनिन् । ' भन्दै उ रोयो । 'एक तर्फी प्रेम तिमी पनि नगर ल -' भन्दै ढल्यो । मैले माधव..माधव........। ब्ाोलाई रहे । krishna7_banjara@yahoo.com

यो विषयका प्रतिक्रियाहरु

bishnu niroula:Dec 26, 2010 03:47:17 PM

मलाई त अति मन परियो यार यो लेख .

Nabaraj Adhikari:Aug 30, 2010 09:25:33 PM

Ramro lago hajur.

deepak thapa:Aug 30, 2010 12:07:29 PM

राम्रो घेरै राम्रो छ

sarita timalsana :Jun 1, 2010 08:21:43 AM

हो र kanche लाई love गरको . ल ल ठेक छ.

rabi dahal:May 25, 2010 06:47:45 PM

ओव! राम्रो कथा छ , अरु पने yesti कथा को अस छ . कृष्ण ge leke रहहनुस ल .

Deepak Dhital:May 25, 2010 12:18:54 AM

ramro lagyo

anjana thapa:May 24, 2010 04:40:15 PM

धेरै राम्रो रहेछ लेख

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु