Monday, 20 August 2018 02:13 pm, Nepal

मेचीकाली : 2015-09-20 08:26:27


काठमाडौं, ३ असोज :

६५ बर्ष लामो प्रतिक्षापछि नेपाली जनताले आजबाट नयाँ संविधान प्राप्त गरेका छन् । संविधानसभाको बैठकमार्फत राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ जारी गरेसँगै जनताले आफ्नै जनप्रतिनिधिमार्फत निर्मित आफ्नो संविधान प्राप्त गरेका हुन् । आज साँझ ५ बजेर ५५ मिनेटको समयमा संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।

नेपाली जनताले २००७ सालदेखि नै आफूले चुनेका प्रतिनिधिमार्फत निर्माण भएको संविधान माग गर्दै आएका थिए । तर, पटक पटकको आन्दोलन र विद्रोहका बाबजुद जनताको उक्त सपना साकार हुन सकेको थिएन । १० बर्ष लामो सशस्त्र युद्ध र १९ दिन लामो दोस्रो जनआन्दोलनपछि संविधानसभा निर्माणको काम सुरु भएको थियो । पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकी विघटन भएपछि २०७० मंसिर ४ मा भएको चुनावबाट गठित संविधानसभाले नयाँ संविधान जारी गरेको हो । नयाँ संविधानमा संविधानसभाका ९२ प्रतिशत सभासदको समर्थन रहेको छ । केही मधेशवादी दलले भने संविधानमा असहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु