Monday, 20 August 2018 12:22 pm, Nepal

कोपेनहेगनमा मह जोडी

मेचीकाली : 2016-04-15 18:20:23


नेपाली पर्यटन प्रबर्धन कार्यक्रम

महजोडी सहित नेपाली कलाकार को एक टोलीले  कोपेनहेगनमा गैर आवासीय नेपाली संघ डेनमार्कद्वारा अप्रिल ११ मा आयोजित एक कार्यक्रममा संस्कृतिक प्रस्तुति दिए। नेपाली नयाँ वर्ष २०७३ मनाउन कार्यक्रममा उल्लेख्य नेपालीहरु उपस्थित भए। यसैबीच, डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका एचपीआरआर  सोमनाथ सापकोटाले लागि मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेतृत्वको कलाकार टोली सहभागी गराई डेनमार्कमा एक पर्यटन प्रचार कार्यक्रम आयोजना गरे। 

गौतम बुद्ध, पशुपतिनाथ मन्दिर, कुमारीको ब्यानर; स्मारिका तथा सगरमाथाको तस्वीर सहितका सम्झनाहरु  इन्दुस ट्राभल्स कम्पनीका व्यवस्थापक विकास मैनालीलाई हस्तान्तरण गरिएको कार्यक्रम नेपाल भ्रमण गर्न एबम व्यबसायिक लगानी बढाउन समेत सुरक्षित छ भन्ने सन्देश प्रबाह गर्दै डेनमार्कमा नेपालको पर्यटन प्रबर्धनको थालनी स्वरुप आयोजना गरिएको थियो। नेपाल सहित एशियाली देशहरुमा पर्यटकहरुको लागि टिकट उपलब्ध गराउने इन्दुस ट्राभल्स कम्पनी नेपालमा युरोपेली पर्यटक आकर्षित गर्न अग्रसर होस् भन्ने चाहना सहित प्रवासमा बस्ने सबै नेपालीले समेत नेपालमा बाह्य पर्यटक भित्र्याउने कोसिसका लागि हातमा हात मिलाएर पर्यटन क्षेत्रको स्तरवृद्धिको लागि योगदान गर्न सापकोटाले आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु