Monday, 20 August 2018 12:20 pm, Nepal

दक्षिण कोरियामा युवक सुतेकै अवस्थामा मृत फेला

मेचीकाली : 2016-05-13 13:03:59


पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् । सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राती १२ बजेसम्म फोनमा गफ गरी सुते पनि बिहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएको सँगै सुतेका साथी प्रकाश खनालले बताउनुभयो । उहाँका अनुसार सोमबार रुखाखोकीको लक्षण उनमा देखिएको थियो । घटनाबारे नेपाली दूतावासका श्रम सहचारीलाई जानकारी गराएको उहाँले बताउनुभयो । अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु