Saturday, 22 September 2018 04:31 pm, Nepal

३० घण्टा वितिसक्दा समेत थुनिएर बनेको तमोर नदिको ताल उस्तै

मेचीकाली : 2016-07-11 08:37:07


ताप्लेजुङ, २७ असार :

ताप्लेजुङको सावादिन गाविसमा शनिवार गएराति गएको पहिरोले तमोर नदि थुनिएर बनेको तालको अबस्था ३० घण्टा वितिसक्दा समेत उस्तै रहेको छ । सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति करीव दुई बजे तमोर नदि थुनेको थियो ।

नदि थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बन्दै फुरुम्बु तर्फको भाग बाट जमिन कटान गरी नदि

बगिरहेको भए पनि थुनिएको भाग खुलेको छैन । नाक्ला भिरबाट पहिरो सँगै ठुला ठुला चट्टान झरेर नदि थुनेकाले थुनिएको भाग खुल्न नसकेको स्थानिय पवन श्रेष्ठले बताए । हिजो नदिको फुरुम्बु तर्फको भाग कटान गरी नदि बगेपछि तालको केहि पानी घटेपनि अहिले अबस्था उस्तै

रहेको उनको भनाई छ । नदि बगिरहेकाले नजिकै रहेको मितलुङ बजार जोखिममा नरहे पनि ताल देखि मुनिको तमोर नदि किनारका हान्द्रुङ र दोभान सहित खोक्लिङ गाविसको थुम्बाबेसी बस्ति जोखिममानै रहेका छन् । नदि थुनिएर ताल भएको स्थान भन्दा माथिको नदिबाट बाढि आएर थुनिएको भाग खुले ती बस्ति जोखिममा पर्ने देखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । ति स्थानका स्थानियलाई सचेत भएर बस्न आग्रह गरीएको प्रहरीले बताएको छ ।

नदि थुनिएपछि सावादिन गाविस १ का जिवन लबुङको एक घर डुवाएको छ भने एक हल गोरु र घरमा भएका सरसामान बगाएको थियो । पहिरो झरेको स्थानमा पुग्न बाटो नभएको र फुरुम्बु तर्फ नदिले कटान गरीरहेकाले थुनिएको नदि खोल्न सक्ने अबस्था नरहेको प्रहरीले बताएको । नदि थुनिएपछि खुलाउन आईतबार सदरमुकामबाट घटना स्थल गएको नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोलि त्यसै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु