dashain
Thursday, 18 October 2018 07:00 am, Nepal

प्युठानका युवा २१ दिन पछि मलेसियाको जेल मुक्त

मेचीकाली : 2016-10-12 08:40:08


मलेसियाको जेलमा परेका प्युठानका एक युवा २१ दिन पछि हिजो जेल मुक्त भएका छन् । कम्पनीको काम कै शिलसिलामा मलेसिया प्रहरीको नियन्त्रणमा परेका प्युठान फोप्ली १ लुप्लुङ्का लंक प्रसाद भण्डारी त्यहाँको समय अनुसार गएराती १० बजे तिर जेल मुक्त भएको मलेसियामा रहेका उनका आफन्त बुद्धिराम भण्डारीले जानकारी दिनुभयो ।

आठ महिना अघि काठमाण्डौं सामाखुसीमा रहेको डेल्टा म्यानपावरबाट मलेसिया पुगेका भण्डारीको साथमा कुनै परिचय पत्र नभएको भन्दै प्रहरीले २१ दिन अघि नियन्त्रणमा लिएको थियो । कम्पनीले भण्डारीको सबै कागजात जुटाएर प्रहरीमा पेश गरेकाले जेल मुक्त भएको म्यानपावर सञ्चालक शरद अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु