dashain
Thursday, 18 October 2018 07:29 am, Nepal

उद्यमशील कृषक माया केसीलाई कोपन्हेगनमा सम्मान

मेचीकाली : 2016-10-24 07:58:36


कोपन्हेगन -

अखिल नेपाल किसान महासंघकी कोषाध्यक्ष, वामपन्थी आन्दोलनकी अगुवा तथा नेपालकै प्रांगारिक (जैविक) कृषि अभियानकी उद्यमशील अग्रणी महिला माया गौतम केसीलाई डेनमार्कको राजधानी कोपन्हेगनमा सम्मान गरियो। केसीले राजनीतिक, सामाजिक, कृषिमा परिमार्जन र उद्यमशिलतामा पुर्याएको योगदानको चर्चा र कदर गर्दै प्रवासी नेपाली मंच, डेनमार्कले सम्मान गरेको हो।

पारिवारिक भेटघाटमा कोपन्हेगन आएकी केसीको जीवन संघर्ष र अनुभवबाट ज्ञान हासिल गर्न, योगदानको कदर गर्दै सम्मान गर्न र डेनमार्क बसाइको सम्झना मायाको चिनो प्रदान गर्न मंचले आइतबार कोपन्हेगनमा विशेष कार्यक्रम राखेको थियो। सम्मान ग्रहण गर्दै नेपालमा प्रांगारिक खेतिमार्फत नेपाली उत्पादनलाई विश्वव्यापी बनाउने सम्भावना रहेको केसीले बताइन। राजनीतिक पृष्ठभूमि बलियो भएको, लोकतान्त्रिक आन्दोलनमा विशेष भूमिका खेलेको हिसाबले राजनीतिमै आफ्नो बलियो सम्भावना भएपनि पद र कुर्सिको लालचबाट टाढै रहेर उत्पादनशील, उद्यमशील मार्गबाट देशको सामाजिक, आर्थिक र व्याबहारिक स्वरुपमा परिवर्तन ल्याउने काममा आफू होमिएको र कालान्तरमा सबैबाट तारिफ मिलेकोले आफ्नो कर्म प्रति गर्व भएको बताइन।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास कोपन्हेगनका कार्यवाहक राजदुत रामकाजी खड्काले रेमिट्यान्सले देशको अर्थतन्त्रमा गर्ने योगदान दिर्घकालिन नहुने हुनाले देशकै साधन स्रोतको आधुनिकीकरण मार्फत उत्पादकत्व वृद्धि गराउने काम जरुरि हुने हुँदा उद्यमी नेतृ माया केसीको अभियान तारिफयोग्य भएको चर्चा गरे। मंचका अध्यक्ष कृष्ण पौडेलको सभापतित्व र महासचिव दिपक पाण्डेको संचालनमा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका केन्द्रिय सदस्य राजमान तामांग, मंचका सल्लाहकार सुमन थापा, उपाध्यक्ष सुशील घिमिरे, नेपाली प्रगतिशील मंचका मोहन केसी, पत्रकार प्रकाश सापकोटा लगायतले नेपालमा आधुनिक र जैविक कृषिको अर्थतन्त्रमा महत्वबारे आफ्ना बिचार राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु