Wednesday, 22 August 2018 07:44 am, Nepal

१४ दिनसम्म जिल्ला ठप्प जनजीवन कष्टकर

मेचीकाली : 2016-12-13 08:47:51


गुल्मी, २८ मङ्सिर :

गुल्मीमा आन्दोलन चर्किएको आज चौधौं दिन, मंसिर १४ गतेदेखि जिल्ला ठप्प छ । अनिश्चतकालिन बन्दले जिल्लामा दैनिक ज्याल मजदुरी गर्ने मजदुर, स्वेदश तथा बिदेशकाट जिल्ला भित्रने र बाहिने व्यक्तिहरु मर्कामा परेका छन् । सरकारी कार्यालयका सेवाहरु प्रभावित भैरहेका छन् ।

जसले गर्दा आम नागरिकको जनजीवन निकै कष्टपुर्ण बन्दै गएको छ । व्यापार घाटा भएपनि राष्ट्रियता जोखिममा परेकाले महिनौ व्यावसाय बन्द गर्न परेपनि आफुहरु तयार रहेको उद्योग बाणिज्य संघका महासचिव तारा भुसालले बताए । ग्रामिण इलाकाबाट विभिन्न कामको शिलसिलामा सदरमुकाम आउने तथा जिल्ला बाहिर जाने व्यतिmहरुले सास्ती खेप्नुपरेको छ । बिरामी तथा बृद्धबृद्धाहरु पनि बन्दको मारमा परिरहेका छन् । गाउँघरमा उत्पादन गरेर शहर बजारमा बिक्री वितरण गरिदै आएका तरकारी, फलफुल तथा दुध किसानहरुले पनि उत्पादन खपत नहुँदा समस्या परेको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु