Wednesday, 18 October 2017 01:04 pm, Nepal

काभ्रेका ८ हजार ३ सय गुनासोको संवोधन, ४ हजार १ सयले अनुदान नपाउने निश्चित

मेचीकाली : 2017-02-07 08:26:23


काभ्रे, २५ माघ :

काभ्रेका ४ हजार एक सय परिवारले सरकारले दिने आवास पुननिर्माण अनुदान नपाउने भएका छन् । भुकम्प पिडितको नाममा समावेश हुनुपर्ने भन्दै गुनासो फारम भरेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा गुनासो पठाइएको ८ हजार ३ सय गुनासोमध्ये ४ हजार एक सयले सरकारले प्रदान गर्ने अनुदान नपाउने भएका हुन् ।

२०७२ बैशाखमा गएको विनाशकारी भुकम्पबाट घर क्षति भएको र प्राधिकरणले प्रकाशित गरेको सूचिमा नपरेको भन्दै काभ्रेका २१ हजार ९ सय १९ जनाले गुनासो फारम भरेका थिए । सर्वसाधारणबाट आएको गुनासोलाई जिल्ला विकास समितिको कार्यालय काभ्रेले पुनःनिर्माण प्राधिकरण पठाएको थियो । प्राधिकरणमा पठाइएका गुनासोमध्ये प्राधिकरणले पहिलो चरणमा ८ हजार ३ सय २८ वटा गुनासोको सुनुवाई गरेको जिल्ला विकास समितिको कार्यालय काभ्रेका योजना अनुगमन तथा प्रशासकिय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।

उनले प्राधिकरणमा पठाएको गुनासोमध्ये बनेपा र पनौती नगरपालिका तथा अन्य ३४ वटा गाविसको गुनासो सुनुवाई भएको बताए । सम्बोधन भएका गुनासोमध्ये ४ हजार १ सय ३३ वटा गुनासो गर्ने भुकम्प पिडितहरुको साविकको स्थानमा बस्न योग्य घर रहेको तथा अन्य स्थानमा बस्न योग्य घरहरु रहेकोले त्यस्ता भुकम्प पिडितहरु लाभग्राहीमा नपर्ने भन्दै प्राधिकरणले जिविस काभ्रेमा पत्राचार गरेको योजना अधिकृत ढकालले बताए ।
यसैगरि प्राधिकरणले ८ हजार ३ सय २८ मध्ये २ हजार १ सय ५८ जनाको तथ्याङक नभेटिएको भन्दै पुनः सर्वेक्षण गर्नुपर्ने, १ हजार ६ सय १४ जनाको बहुस्वामित्वमा रहेको र पुनरावलोकनबाट पुनःनिर्माण लाभग्राहीको सूचिमा समावेश गरिएको र ४ सय २३ जनाको अपुरो तथा बेमेल सूचना भएकोले स्थलगत निरिक्षण गर्नुपर्ने भन्दै पत्र पठाएको छ । ढकालले २१ हजार ९ सय १९ गुनासोमध्ये पहिलो चरणमा ८ हजार ३ सय २८ गुनासोको सम्बोधन गरेपनि अन्य बाँकी गुनासोको पनि प्राधिकरणले अध्ययन गरिरहेको बताएका छन् ।

यो विषयका प्रतिक्रियाहरु

kesab jarga magar:Mar 1, 2017 02:42:03 PM

sarkar adi gunaso namileko hibhane feri gunashi farm bharer pahauda dinu paryoni hoin bhane kit hamilae asha matr dekhayer jati rakhne ani koiko hane kehi nabhayeko gharko chai rakam paune hamro kin payen? kasle sunuwae garx hamro pida?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु