dashain
Saturday, 20 October 2018 11:35 pm, Nepal

एघार गाविसमा भारी हिमपात

मेचीकाली : 2017-03-09 13:55:52


बाजुरा, २६ फागुन :

बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले यहाँको एघार गाविसमा हिमपात भएको छ । मौसम परिवर्तन र वर्षात् सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपात सुरु भएको विकट गाविस बिच्छ्याका धनलाल सुनारले बताउनुभयो ।उहाँका अनुसार हिमपातका कारण उत्तरी भेगका विद्यालयसमेत बन्द भएको र स्थानीय बासिन्दालाई आवतजावत गर्न पनि समस्या भएको छ ।
मार्तडी–कोल्टी सडकखण्डमा भारी हिमपातसंगै वर्षा भएकाले कोल्टीसम्म चल्ने सवारी साधनसमेत ठप्प भएका छन् । हिमपात र पानी परेकाले स्थानीयवासीलाई दैनिक कामकाजमा समस्या भएको छ । जिल्लाका बिच्छ्या, रुगिन, गोत्री, साप्पाटालगायतका दहकोट मानाकोट आटिचौर गाविसमासमेत प्रभावित भएको त्यहाँका बासिन्दाले बताएका छन् ।

हिमपातका कारण जिल्लाका बडिमालिका, बूढीनन्दा, कालाजग्रालगायतका पर्यटकीय सम्भावना बोकेका डाँडाहरु सेताम्मे भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु