Friday, 25 May 2018 06:47 pm, Nepal

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

मेचीकाली : 2017-03-17 12:50:22


बाजुरा, ४ चैत :

उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन् ।
कार्कीकै १७ वर्षीया छोरी झुमकला कार्की र १० वर्षीया जुनु कार्की चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक सुदाम रावलले बताउनुभयो । घाइते भएका दुई दिदीभाइको चट्याङका झिल्का लागेर हातखुट्टा जलेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर दुई गोरु र एक बाख्रा मरेको पनि बताइएको छ । घाइते भएका दुवै दिदीभाइलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रहरी र स्थानीयवासीको सक्रियतामा ल्याइएको निमित्त प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिनुभएको छ । घरको पूर्व भित्तामा चट्याङ परेर घटना भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु