Wednesday, 22 August 2018 07:44 am, Nepal

पहिरोका कारण पुर्णरुपमा ठप्प बनेको मध्यपहाडी लोकमार्ग सुचारु

मेचीकाली : 2017-03-18 08:45:23


गुल्मी, ५ चैत :

बाग्लुङको रिघा ७ मनेवापाटामा भिषण सुख्खा पहिरो जादाँ पुर्णरुपमा अवरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । सडक अवरुद्ध हुदाँ गुल्मीको वामीटकसार हुदै आगोपार्ने, अलाङकोट, काँडेबास हुँदै हटियाको सडकलाई बैकल्पिक सडकको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । यो सडक साँघुरो भएकोले ठुला सवारी साधनहरु सञ्चालनमा आउन सकेका थिएनन ।

ठुला सवारी साधन सडक अवरुद्ध भएपछि बुर्तिबाङबाट छुटेका ठुला सवारी साधन खर्वाङ र काठमाडौ तथा बाग्लुङबाट छुटने ठुला सवारी साधानहरु हटियामा नै  रोकिने गरेका थिए भने यात्रुहरुलाई पनि समस्या पर्दै आएको थियो ।

सुचारु सडकको पहिरो गएको स्थानमा सडक साघुँरो भएकोले एकोहोरो मात्र सवारी साधन चल्न सक्ने र निरन्तर डोजरले काम गरिरहेकोले केही दिनमै दोहोरो रुपमा सवारी साधन चल्न सक्ने गरी सडक खुल्ने खर्वाङ प्रहरी चौकीका प्रहरी नायव निरिक्षक भोज बहादुर बानियाले जानकारी दिनुभयो । गत फागुन २२ गते आइतबार एक्कासी भिषण सुख्खा पहिरो जादाँ दरमखोला पुर्णरुपमा थुनिएर ताल बनेको थियो । दरमखोला थुनिँदा खोला छेउमा रहेको केन्द्रिय विद्युत प्रसारण लाईनको ट्रान्सफर्मर लगायतका उपकरण डुव्दा विद्युत सर्ट भई घरमा आगोलागेपछि निभाउने क्रममा रिघा ७ कल्छेकी ५६ बर्षिय मनकुमारी नेपालीको ज्यान गएको थियो भने पहिरोका कारण स्थानीय मनकुमारी शाहीको घर पहिरोको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु