Tuesday, 26 September 2017 01:17 pm, Nepal

५ वर्षभित्र धुलिखेल नगरबासी आत्मनिर्भर बन्नेछन् : अशोक व्याञ्जू

मेचीकाली : 2017-04-24 16:54:24


धुलिखेल नगरपालिकाका पुर्वमेयर अशोक व्याञ्जु आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेको तर्फबाट धुलिखेल नगरपालिकाका मेयरका उम्मेदवार चयन भएका छन् । नेपाल नगरपालिका संघका उपाध्यक्ष, नेकपा एमाले काभ्रेका उपाध्यक्षसमेत रहेका व्याञ्जु विकासप्रेमी नेताको रुपमा परिचित छन् । प्रस्तुत छ धुलिखेल नगरपालिकाको मेयरमा उम्मेदवार चयन भएपछि उनको विकासका योजना, नगरभित्रको समस्या र समाधान लगायतका विषयमा गरिएको कुराकानी

हिजोको धुलिखेल, आजको धुलिखेल र अबको धुलिखेलको विषयमा के सोच बनाउनुभएको छ ?

मुलुक लोकतान्त्रिक प्रक्रिया र पद्दतिमा व्यवस्थित हुँदै गइरहेको छ । संविधानले राज्यको तीनवटा तहलाई अंगीकार गरिसकेको सन्दर्भमा आजको दिनमा स्थानीय पुनसंरचना अन्तर्गत स्थानीय तहहरुको व्यवस्थापन, अधिकार क्षेत्र र त्यसको सेवा क्षेत्र बढेको छ । त्यसको भौगोलिक पुनसंरचना समेत भइरहेको सन्दर्भमा अबको स्थानीय तह भनेको संविधानद्धारा प्रदत्त अधिकारहरुको व्यवस्थापन गर्ने विधि निर्माण गर्ने, स्थानीय प्रजातन्त्र र स्थानीय जनताहरुको आवश्यकता परिपूर्ति र समृद्धि बनाउने यात्रा तर्फ उन्मुख गराउने व्यवस्था हो । त्यसैले यो बदलिँदो परिस्थितिमा हामीले स्थानीय तहहरुलाई पनि बुझ्नुपर्छ । हिजोको र आजको भनेर बुझ्न थाल्यो भने यसमा अलिकति फरक हुन्छ । किनभने हिजोको स्थानीय निकायहरु भनेको राज्यले दिएको अधिकार कार्यान्वयन गर्ने इकाई हो । आजको स्थानीय तह भनेको संविधानद्धारा प्रदत्त २२ वटा अधिकारहरु, जहाँ कानुन बनाउनुपर्छ, ति कानुन अनुसार विधिको शासन चलाउनु पर्छ । त्यो विधिअनुसार जनताका आकांक्षाहरु पहिचान गरेर आकांक्षाको योजनाहरु बनाई योजना तर्जुमा गराई कार्यान्वयन गर्नुपर्छ । ति योजनाहरु लक्ष्यमुताबिक हुनेछ ।

त्यसैगरी प्रदेश र केन्द्रसँग १५ वटा कानुनी साझा अधिकार छ । त्यो प्रदेशसँग भएका साझा अधिकारहरु केन्द्र र प्रदेश प्रादेशिक सरकारले गरेका कामहरुलाई व्यवस्थित गर्ने जिम्मेवारी पनि स्थानीय सरकारलाई छ । स्थानीय सरकारलाई विभिन्न ४० वटा भन्दा बढी ऐनहरुमा बनेका कानूनी अधिकारहरुको कार्यान्वयन गर्ने त्यसलाई सिफारिस गर्ने र त्यसलाई निरुपण गर्ने अधिकार पनि छ । हिजोको स्थानीय निकाय भनेको मात्र योजना तर्जुमा गर्ने, योजना कार्यान्वयन गर्ने र योजना व्यवस्थापन गर्ने जिम्मेवारी थियो भने आजको स्थानीय सरकार त्यतिमात्र हैन । त्यहाँ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गरी तीनवटै तहको काम गर्छ । व्यवस्थापिका स्थानीय सरकारमा निर्वाचित भएका सम्पूर्ण जनप्रतिनिधिहरुको एउटा यस्तो थलो हो जहाँ स्थानीय प्रजातन्त्रको अभ्यास हुन्छ, जहाँ स्थानीय प्रजातन्त्रलाई सुदृढिकरण गर्छ, स्थानीय जनताहरुको आकांक्षा र चाहनाहरुलाई परिपूर्ति गर्नलाई त्यहाँ कानुन नियमहरु बन्छ र त्यो नियमको आधारमा शासन प्रक्रियाहरुको व्यवस्थापन हुन्छ । नगरपालिकाको प्रमुखको अध्यक्षतामा रहने नगरपालिका कार्यकारी बोर्डले कार्यकारी कामहरु गर्छ । जस्तै व्यवस्थापिकाले तर्जुमाको नीतिको आधारमा, स्थानीय जनताहरुको आवश्यकता चाहना र त्यो ठाउँलाई समृद्ध बनाउन सक्ने सम्भावनाका आधारहरुलाई निर्माण गरेर तर्जुमा गरेको योजना, लक्ष्य र भू–उपयोग नीतिको आधारमा त्यो ठाउँलाई कस्तो बनाउने ? कृषिको केन्द्र बनाउने कि ? पर्यटन केन्द्र बनाउने कि ? स्वास्थ्यको केन्द्र बनाउने कि ? मौजुदा पुराना चिजहरुलाई कसरी संरक्षित र व्यवस्थि तगर्ने ? त्यहाँका बेरोजगारीलाई कसरी रोजगार बनाउने ? त्यहाँको खानेपानी, शिक्षा, स्वास्थ्यको प्रक्रियाबद्ध र योजनाबद्ध व्यवस्थि तगर्नुपर्ने कामहरु गर्नुपर्छ । अरु कानुनहरुद्धारा प्रदत्त भएको अधिकारहरुको ३७ वटा कानुनी अधिकारहरु त्यहाँको वडाअध्यक्षले सिफारिसहरु कार्यान्वयन गर्नुपर्छ । र यतातिर न्यायिक अधिकारहरु पनि प्राप्त भएको छ । जुन न्यायिक अधिकार नगरपालिका वा गाउँपालिकाका उपप्रमुखले विभिन्न ऐनहरु र संविधानहरु न्याय सेवा ऐनका अधिकार क्षेत्रहरु ४७ वटा अधिकार क्षेत्रहरु उपप्रमुखको अध्यक्षतामा बन्ने मध्यस्थकर्ता समितिले सबैखालका मुद्दा मामिला, झैझगडाहरु अदालती बेन्चको रुपमा कानुनी अधिकारको प्रयोग गर्नुपर्छ । फैसला गर्नुपर्छ । समाजमा रहेका अमन चैनहरु मुद्दा जित र हारको स्थिति पैदा भयो भने समाजमा जित र हारलाई स्वीकार्छ तर द्वन्द्ध र संकुचनहरु बाँकी रहन्छ । ति संकुचनहरुले फेरी पनि द्धन्द्ध पैदान गर्न सक्छ । तर ति द्धन्द्धहरु फेरी पैदा नहुन् भन्नको लागि मिलापत्रको वातावरण मिलाउने मध्यस्थकर्ताको आधारमा । त्यो हुन सकेन भने फैसला गर्ने, फैसला गरिसकेकोलाई चित्त बुझेन भने फेरी जिल्ला अदालतमा जाने यस्तोखालको परिस्थितिहरु त्यहाँ छ भने यो न्याययिक कार्यपालिका र व्यवस्थापिकाको राज्यका तीनवटा महत्वपूर्ण अंगहरु नै समाहित भएको हुनाले स्थानीय निकायको ठाउँमा स्थानीय तह आउँदाखेरी धेरै कार्यक्षमता, कार्य जिम्मेवारी र कार्यव्यवस्थापन गर्नुपर्नेछ ।

त्यो भएको हुनाले अबको हेर्ने दृष्टिकोण हामीले बदल्नुपर्छ । अब हिजोको धुलिखेल र आजको धुलिखेल हैन अब सबै धुलिखेल नगरपालिका १ देखि १२ सम्म एउटै धुलिखेल हो । विकास निर्माणको कुरा सबभन्दा पछाडि परेको भुगोल, सबभन्दा पछाडि परेका जनता, विकासका सम्भावना भएका ठाउँहरुमा सबैभन्दा बढी प्राथमिकता दिएर हामीले काम गर्नुपर्छ । कुन वडामा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारको आवश्यकता छ, कुन क्षेत्रलाई कस्तो बनाउने, वातावरणीय रुपमा समृद्ध क्षेत्र कहाँ बनाउने, औद्योगिक क्षेत्र कहाँ बनाउने भनेर हामीले भुउपयोगको नीति अनुसार हामीले प्लानिङ गरेर १२ वटा पहिचान भएको, १२ वटा प्रक्रिया र १२ ठाउँमा १२ वटा विकासका मोडेलहरु भएका र त्यहाँका जनताहरुले स्वरोजगार भएको, आफ्नो छुट्टै पहिचान भएको, स्वतन्त्र, स्वायत्त, प्रजातन्त्र अभ्यास भएको हामीले नगरपालिका, गाउँपालिका निर्माण गर्नुपर्छ । हामी त्यसतर्फ नै उन्मुख हुन्छौं ।

 स्थानीय तहको निर्वाचनपछि जनताका आकांक्षा र आवश्यकताहरु पूरा हुन्छन् ?

योजनालाई हामीले व्यवस्थित गर्नुपर्छ । त्यसको लागि हामी सबैभन्दा पहिला कुनै पनि गाउँपालिका वा नगरपालिकाले त्यो ठाउँ, गाउँ वा शहरलाई कस्तो बनाउने भन्ने भिजन लिएर अघि बढ्नुपर्छ । यसरी गर्दाखेरी केही हामीले विगतका समयमा गरेका अभ्यास र अनुभवहरु अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अनुभवहरु, हाम्रो संविधान र हाम्रो कानुनले परिलक्षित गरेको स्थानीय प्रजातन्त्र र स्थानीय विकासका अवधारणाहरुलाई हामीले एकैठाउँमा ल्याउनुपर्छ । त्यो अवधारणाको आधारमा एउटा खाका तयार गर्नुपर्छ । त्यो खाका तयार गरिसकेपछि हामीले कतिवर्षभित्र जहाँ बाटो पुगेको छैन त्यहाँ बाटो पु¥याउने, जहाँ स्कूलहरु छ त्यहाँ स्कूलहरुको व्यवस्थापन कसरी गर्ने, शिक्षकहरुलाई प्रशासनिक रुपमा र ऐकेडेमिक रुपमा कसरी व्यवस्थापन गर्ने र कस्तो करिकुलमहरु तयार गर्ने भनेर लक्ष्य अनुसारको योजना तर्जुमा गर्नुपर्छ । जस्तो मेरो एउटा सोच छ, धुलिखेल नगरपालिकालाई प्रत्येक नगरवासीहरुले ५ वर्षभित्र आत्मनिर्भर भएको र गुणस्तरीय खानेपानी खुवाउने एउटा लक्ष्य छ । त्यो लक्ष्य कसरी पूरा गर्ने भन्ने विषयमा एकीकृत खानेपानीको व्यवस्थापन कार्यसम्पन्न भैसकेपछि त्यसले जनताको एकप्रकारको खानेपानीको आवश्यकताको परिपूर्ति गर्छ । जहाँ परियोजनाको परिलक्षित क्षेत्रहरु र त्यसका आधार क्षेत्रहरुलाई हामीले त्यो काम गरेपछि कहिँकतै खानेपानीको लक्ष्यअनुसार पु¥याउन सकिएन भने प्राविधिक रुपमा अरु केही कारणले भने त्यो क्षेत्रमा हामीले डिप बोरिङ गर्छाैं । डिपबोरिङद्धारा त्यहाँ स्थानीय खानेपानी उपभोक्ता समिति निर्माण गरेर हामी काम गर्छाैं । त्यसो गर्दा खेरी हाम्रो नगरपालिकाको पहिलो कार्य पहिलो वर्षको सुरुवात नै खानेपानीमा परिलक्षित गरेर सबैभन्दा बढी बजेट बिनियोजित गर्छौं । त्यसले स्थानीय स्रोतसाधनको व्यवस्थापन गर्ने, स्थानीय समूहहरु तयार गर्ने र जनताको सहभागिताद्धारा त्यो प्राप्त गर्ने भन्ने हामीले लक्ष्य लिएका छौं । हामी ५ वर्षभित्र अहिले ५० प्रतिशत जनतालाई हामी पानी खुवाउँछौं भने बाँकी ४ वर्षभित्र हामीले कति प्रतिशतले वृद्धि गर्दै जाने भन्ने कुराको लक्षित योजना हुन्छ । त्यसको काम गर्नको लागि प्राविधिक सपोर्ट, सहसहभागिता र जनताहरुलाई सशक्तिकरण, बजेट व्यवस्थापन हुन्छ ।

    त्यसैगरी पर्यटन, शिक्षा, स्वास्थ्यको विषयमा जनताभित्र रहेका रोजगार सिर्जना गर्ने कुरामा प्राथमिकता दिनेछौं । बेरोजारहरुलाई रोजगारमा, सिपमुलक तालिममा, आयआर्जनको क्षेत्रमा हामी अगाडि बढ्छौं । ति कामहरु हामी व्यवस्थित ढंगले गर्छाैं । महिलाहरुको लागि महिला काउन्सिल, युवाहरुको लागि युवा काउन्सिल, दलितहरुका लागि दलित काउन्सिल, जनजातिका लागि जनजाति काउन्सिल, समावेशी जनजातिभन्दा बाहिरका समावेशी ब्राम्हण, क्षेत्री, अन्य गरिब र दुःखीहरु छन् तिनीहरुका लागि पनि समावेशी काउन्सिल बनाउँछौं । र ति काउन्सिलका आधारमा गरिबहरुलाई धनी बनाउनलाई, उनीहरुको भाषा, सँस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नलाई, त्यहाँ रहेका जनताहरुको चाहनाहरु परिपूर्ति गर्नका लागि परिषद्हरुमार्फत योजना तर्जुमा गर्ने, छनौट गर्ने र व्यवस्थापन र कार्यान्वयन गर्ने । युवाहरुका लागि युवाहरुले नै आफ्ना योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने र युवाहरुहरुलाई समृद्ध बनाउने, जनजातिले जनजातिका माध्यमबाट नै काम गर्ने, दलितहरुले दलितहरुका लागि नै काम गर्ने र भौतिक पूर्वाधारका क्षेत्रमा विकासका ठूला योजनाहरुमा नगरपालिकाले योजना तर्जुमा गर्ने र भू उपयोग नीतिको आधारमा धुलिखेललाई पर्यटन, शिक्षा र स्वास्थ्य र आवास केन्द्रको रुपमा विकास गर्छाैं तर ति चारैवटा योजनाहरुलाई हामीले खानेपानी, शिक्षा, स्वास्थ्यद्धारा व्यवस्थित भएको र एउटा नेपालको दुनियाँलाई देखाउन योग्य नगरपालिका भनेको यस्तो हुनुपर्छ भन्ने उदाहरणीय नगरपालिका देखाउने हामीले अभिलाषा राखेका छौं । त्यो लक्ष्य पूरा गर्नलाई म र मेरो पार्टी सक्षम छ भन्ने कुरामा म विश्वस्त छु । किनभने मैले विगतका दिनमा उपप्रमुख भएर एउटा जनप्रतिनिधिको रुपमा २५ वर्षको उमेरमा गम्भिरतापूर्वक आफ्नो शहरलाई समृद्ध बनाउन लागे भने आज त मैले धेरै राजनैतिक अनुभवहरु प्राप्त गरेको छु । अन्तर्राष्ट्रिय अनुभवहरु प्राप्त गरेको छु, धेरै देशहरुको कानुनहरु निर्माण गर्ने ठाउँमा नेपाल नगरपालिका संघको उपाध्यक्ष भएर स्थानीय स्वायत्त शासन संवैधानिक प्रकृयाका कानुनहरु निर्माण गर्ने ठाउँमा आफूले आफूलाई जानेका बुझेका योगदानहरु दिन सकेको छु । त्यसको आधारमा म विश्वका ४० वटा देशहरुमा गैसकें । मैले विश्वका धेरै देशहरुको नगरपालिकाहरुको गर्भमेन्ट, प्रोसेस, डेभलपमेन्ट प्रोसेस, त्यसको इनकम जेनेरेटिङ प्रोसेस, त्यसलाई कसरी पारदर्शी बनाउने, कसरी जिम्मेवारीपूर्वक संचालन गर्ने, त्यसको उत्तरदायित्व वहन कसरी गर्ने भन्ने विषयको अध्ययन अनुभवको आधारमा म गर्न सक्छु । र मेरो पार्टीले त्यो काम गर्न सक्छ भन्ने विश्वासका साथ अगाडि बढेको छु ।

जहाँसम्म आर्थिक कुराको सवाल छ, संविधानमै राजस्व बाँडफाँड तथा व्यवस्थापन आयोग भन्ने बन्छ, त्यसले देशभरीका आम्दानीहरुलाई एकठाउँमा ल्याउँछ । त्यो आम्दानीको आधारमा केन्द्र सरकारले कति बजेट दिने ? प्रदेश सरकारले कति बजेट दिने ? गाउँ पालिका र नगरपालिकाले कति बजेट दिने ? त्यसका आधारहरु त्यसले निर्माण गर्छ । मापदण्डहरु निर्माण गर्छ । त्यो मापदण्डहरु निर्माण भएको आधारमा नगरपालिका, गाउँपालिका र प्रदेश केन्द्र सरकारलाई बजेट व्यवस्थापन हुन्छ । राष्ट्रिय आयको आधारमा । त्यो एउटा अंश स्थानीय जनताहरुद्धारा प्रांप्त हुने आम्दानी र विश्वका धेरै देशहरुको अन्तराष्ट्रिय डोनर संस्थाहरु जसले दुर्गम र शहरी क्षेत्रहरुमा जनताका आवश्यकता परिपूर्ति गर्न, त्यहाँको गरिबी निवारण गर्न, त्यहाँका जनतालाई खानेपानी, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्नका लागि जुन आधारहरु तयार गरेर डोनरहरुले योजना तर्जुमा गर्छ ति क्षेत्रहरुमा धेरै पहिचान र धेरै जानकार र धेरै घुलमिल भएका आधारमा म अरु नगरपालिकाको तुलनामा सबैभन्दा बढी बजेट धुलिखेल नगरपालिकामा ल्याउन सक्छु । काभ्रे जिल्लामा ल्याउन सक्छु । हाम्रो देशमा पनि ल्याउन सक्छु भन्ने आत्मविश्वास म सँग छ । त्यो आत्मविश्वासले मलाई एउटा नमूना नगरपालिका, स्वच्छ नगरपालिका, वातावरणीय रुपमा स्वच्छ, आर्थिक रुपमा समृद्ध, अरु नगरपालिकाहरुको तुलनामा सम्मानीत र आम जनताको सहभागितामा नयाँ धुलिखेल नगरपालिका बनाउनेछौं । त्यो धुलिखेल भनेको १ देखि १२ वडा सम्मको धुलिखेल हो । हिजोको र आजको धुलिखेल होइन । सबै एउटै हुन् । कुन वडामा, कुन टोलमा, कुन गाउँमा को मान्छेलाई के चाहिन्छ ? दुईवटा कुरामा आधारित हुन्छ । एउटा चाहनाको आधारमा विकास निर्माणहरु गर्ने, अर्काे आवश्यकताका आधारमा विकास निर्माण गर्ने । यस्तै आधारमा आफैले निर्माण गरेको, आफैले सिर्जना गरेको, आफैले उपभोग गरेको, आफैले संचालन गरेको एउटा स्वायत्त, स्वतन्त्र र समृद्ध नगरपालिका बनाउने अभिलाषा छ । त्यो अभिलाषा ५ वर्षभित्र हामी पूरा गर्छाैं । हाम्रो पार्टी नेकपा एमालेले पूरा गर्छ । त्यसको भौतिक रुपमा उपस्थिति हाम्रा पार्टीका उम्मेदवारहरुले त्यो काम गर्नका लागि इमानदारीताका साथ काम गर्न सक्छ र मैले विगतमा ५ वर्ष नगरपालिकाको उपप्रमुख हुँदा कुनै पनि जनप्रतिनिधिलाई १ रुपैयाँ पेश्की लिन पाउदैन, आर्थिक कारोबारमा संलग्न गराइनँ, त्यसको कारणले नेपालको ५८ नगरपालिकामध्ये सबभन्दा आर्थिक रुपमा स्वच्छ नगरपालिकाको रुपमा स्थापित गराउन सकें । त्यो काम अब पनि कुनैपनि नगरपालिकाको निर्वाचितहरुले कुनैपनि बजेटमा उसको अंशियारी हुनेछैन, उसको सहभागिता हुनेछैन र जनप्रतिनिधिहरु आर्थिक रुपमा स्वच्छ रहने, भ्रष्टाचारमुक्त नगर बनाउने काम हामी गर्छाैं । विगतका दिनहरुमा नगरपालिका र गाउँ विकास समितिमा काम गरेका अनुभवी जनप्रतिनिधिहरुको सहभागितामा त्यहाँको उद्योग, व्यापार, व्यवसायिहरुको सहभागीतामा, त्यहाँका बुद्धिजीवीहरु, बौद्धिक क्षेत्रका व्यक्तिहरुको सल्लाह सुझावमा राजनैतिक दलहरुसँग पनि कुनै पूर्वाग्रह नराखीकन निर्वाचित भैसकेपछि पनि हामी सबै दलका साथीहरुका विचार दृष्टिकोणहरुलाई सम्मान गर्दै एउटा सम्मानित लोकतन्त्रको अभ्यासद्धारा धुलिखेललाई नेपालको नमूना नगरपालिका बनाउने उद्घोषका साथ अगाडि बढेको छु । यो उद्घोषलाई आम धुलिखेलबासीहरुले साथ र सहयोग दिनेछ भन्ने कुरामा विश्वस्त छु ।

 विकट क्षेत्रलाई नगरपालिकामा गाभेपछि जनताहरुमा थप दायित्व थपिएको भन्ने गुनासो छ नि ?

स्वभाविक रुपमा नगरपालिकाको सिद्धान्त के छ भने अन्तर्राष्ट्रिय अनुभव र नगरपालिकाहरुको संसारभरी सिर्जना भएको आधार नै करमा आधारित हो । गाउँहरु सबै रुपमा सक्षम हुँदैन । शहरहरु सम्पूर्ण रुपमा सक्षम हुन्छ । त्यसैले नगरपालिका विश्वको अनुभवको आधारमा गैरकृषि क्षेत्रहरु नगरपालिकाका रुपमा विकास हुन्छ जहाँ उद्योगधन्दा, व्यापार, व्यवसाय, सेवामूलक कामहरुको आधारमा त्यहाँको आर्थिक विकास भएको क्षेत्रहरु आर्थिक रुपमा समृद्ध भएको क्षेत्रहरु नगरपालिका हुन्छ । शासन प्रक्रियाद्धारा सुशासन प्रदान गरेर जनताको आवश्यकता परिपूर्ति म गर्छु र मेरा लागि जनताहरुले आर्थिक सहयोग गर्नुपर्छ भन्ने आधारमा त्यो आर्थिक सहयोगलाई कर प्रणाली आयस्रोतको आधारमा कर प्रणालीको व्यवस्थापन गरेको र उसले करद्धारा नगरपालिकालाई आर्थिक समृद्ध बनाउने, नगरपालिकाले जनताको करद्धारा जनतालाई विकासका आवश्यकताहरु परिपूर्ति गर्ने । यो समझदारीमा नगरपालिकाको सुशासनको प्रक्रिया आर्थिक विकासको पद्दतिहरु सुरु हुन्छ । यो त भयो अन्तर्राष्ट्रिय अनुभवहरु ।  

    हाम्रो देशमा के हो भन्दा सबै गाउँहरु हुन्, शहरहरु सीमित छ । विश्वमा धेरै ठाउँहरुमा पहिला शहर निर्माण गरेर जनतालाई राखेर बसोबास गराएर अनि त्यो शहरलाई व्यवस्थित गरेका ठाउँहरु पनि छन् । हाम्रो देशको इतिहासमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका राणाशासनकालमै नगरपालिका भएको हो । तर त्यो व्यवस्थित थिए । बाँकी क्षेत्रहरुको सवालमा विस्तारै विस्तारै विकास भएको शहरहरु हो । हाम्रो देश आधुनिक विकासको, आधुनिक अनुभवको, आधुनिक पद्दति र प्रणाली रुपमा हामी राणाशासनका कारण शिक्षामा पछाडि प¥यो, पञ्चायतकालले गर्दा हाम्रो पद्दति र प्रणालीहरु एकांकी भए । त्यसले गर्दा हाम्रो व्यवस्थित शहरको अवधारणा हुन सकेन । त्यसोभएर नेपालको राजनीतिक प्रणालीले के अबलम्बन ग¥यो भने अहिले भएका क्षेत्रहरुलाई नगरपालिका र गाउँपालिका बनाएर स्वायत्त दिऊँ । त्यो स्वायत्तता अभ्यासद्धारा प्रजातन्त्र र स्थानीय जनताहरु लोकतन्त्रप्रति अभ्यासित र अनुभव प्राप्त गरुन् । त्यसका आधारहरु केन्द्र र प्रदेशका सरकारहरु भोलि चलाउने नेतृत्व विकास पनि हुन् । जनताका आवश्यकता परिपूर्ति गर्नलाई अहिले नगरपालिका बनाइदिऊँ । नगरपालिका बनाइदिइसकेपछि पछि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय बजेट परिचालन गर्न र त्यो ठाउँलाई शहरका आधारभूत आवश्यकता परिपूर्ति गर्ने जिम्मेवारी दिऊँ । त्यो जिम्मेवार प्राप्त आधारभूत आवश्यकताले विस्तारै विस्तारै शहरीकृत बनाउँदै जाने भन्ने अवधारणा आएको छ । शहर बनाएर शासन प्रणाली लागू गर्ने कि शासन प्रकृया लागू गरेर शहर बनाउने भन्ने अन्तर्गत शासन प्रकृया लागू गरेर शहर विकसित गर्दै जाने भन्ने कुरा आएकाले जनताले पक्कै पनि अलिकति आर्थिक मार पर्छ । हाम्रो शहरहरु सीमित छ, उद्योगधन्दा, व्यवसाय सीमित छ, तर ग्रामीण क्षेत्र धेरै छ । त्यसैले ग्रामीण क्षेत्रको विकास र शहरी क्षेत्रको विकासलाई गाउँ नगर साझेदारी अवधारणा अन्तर्गत गाउँले उत्पादन गरेको शहरका लागि शहरले आम्दानी गरेको गाउँका लागि यो हाम्रो सौहार्दता पैदा गरे विकास एक आपसमा परिपूरक छ भन्नका लागि हो ।

त्यस्तै जनताको स्वास्थयको मध्यनजर गर्दे स्वास्थ्य केन्द्रित योजनाहरु बनाउने । अहिले सबैभन्दा बढी खर्च स्वास्थ्यमा हुन्छ, छोराछोरी पढाउनमा हुन्छ, बुढाबुढीहरुलाई व्यवस्थापन गर्नेमा हुन्छ । अनुत्पादक तर राज्यले संरक्षक भविष्यका लागि गर्नुप¥यो र हिजो समाज निर्माणमा योगदान गरेकालाई सम्मान गर्नुपर्ने जिम्मेवार पनि स्थानीय सरकारको हुन्छ । स्वास्थ्यमा वीमा अबलम्बन गर्ने, शिक्षामा सरकारले निःशुल्क भनेको छ, दलितहरुलाई उच्च तहसम्म निःशुल्क भनेको छ । निःशुल्क भयो भन्दैमा गरिबहरु स्कूल आउन सक्दैनन भने उसको गरिबी निवारण कसरी गर्ने ? यो कुरा पनि जोड्नु पर्छ । शहर भनेको व्यवस्थित आवास क्षेत्र पनि हो । त्यसैले उसको भूउपयोग नक्सा सँगसँगै हामीले कानुन बनाउनुपर्छ, मापदण्ड बनाउनुपर्छ, आचारसंहिता बनाउनुपर्छ । यसकारण सेवाका लागि कर तिर्नुपर्छ । तर धुलिखेलको बजारको मान्छेले जति कर तिर्छ त्यति नै पैसा पातलेखेको मान्छेले तिर्दैन नि । तिराउनु पनि हुँदैन ।

त्यसैले जनताको आयमा आधारित कर हुन्छ । सम्पत्तिमा आधारित कर हुन्छ । जनतालाई दिइएको सेवामा आधारित कर हुन्छ । तर त्यो कमजोरलाई कम कर हुन्छ । सेवा धेर लिनेलाई धेरै कर हुन्छ । त्यसकारण प्रगतिशील कर लागू हुन्छ । यसले जनतालाई बोझ हुँदैन । अब नगरपालिकाको व्यवस्थित शहर भनेकै आवासमा केन्द्रित, सेवामा केन्द्रित, उद्योगधन्दामा केन्द्रित हुने भएको हुनाले त्यो कामको लागि हामीले नक्सा पास गर्दा खेरी कर तिर्नुपर्छ । धुलिखेल बजारमा बनेको घरको कर र शंखु र देवीटारमा बन्ने घरको कर फरक हुन्छ । त्यसैले ग्रामीण क्षेत्रका जनताहरुलाई करद्धारा मार पार्ने होइन करलाई उनीहरुले बानी पार्ने मात्र हो । त्यसरी हामी शासन प्रक्रियालाई व्यवस्थित गर्छौं ।

   अन्तमा....

यो नगर र गाउँपालिकाको चुनाव सुशासनको हिसाबले, पारदर्शिताका हिसाबले, स्थानीय लोकतन्त्रको हिसाबले शहरलाई हिजोको होइन, आजको आधुनिक शहर, आधुनिक गाउँ, जनतालाई अधिकार सम्पन्न, जनतालाई समृद्ध बनाउने, जनतालाई सम्मानित बनाउने र नेपालको मुहार फेर्ने जुन अवसर प्राप्त भएको छ । यसमा मतदान गर्दाखेरी सक्षम, योजनाबद्ध काम गर्नसक्ने, हिजोको तुलनामा आज आधुनिक र व्यवस्थित गर्न सक्ने योग्य उम्मेदवारलाई छान्नुहोला । जसले विकास गर्छ र हाम्रो समृद्धिलाई अगाडि ल्याउन सक्छ ति सम्भावना भएका नेतृत्वहरुलाई छान्नुपर्छ त्यसतर्फ आमजनताले आफ्ना मत व्यक्त गरेर नेकपा एमालेलाई सूर्य चिन्हमा मतदान गरेर विजय गराउनुहोला । मेरो अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु