Friday, 25 May 2018 06:45 pm, Nepal

स्वामीकार्तिक गाउँपालिका एमाले विजयी

मेचीकाली : 2017-07-01 10:50:21


बाजुरा, १७ असार :

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम छ तहमा आइसकेको छ ।एक नगरपालिका र पाँच गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेका छन् । एक नगरपालिका र दुई गाउँपालिकामा नेपाली काँग्रेसले तथा तीन गाउँपालिकामा नेकपा (एमाले)ले जितेको छ ।

मत परिणामानुसार उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा एमाले विजयी समूह विजयी भएको छ । स्वामीकार्तिक गाउँपालिकामा एमालेका चिरञ्जीवी शाही दुई हजार चार सय ५९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भरतबहादुर रोकायाले एक हजार सात सय ५९ मत ल्याउनुभएको छ ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा एमालेकी मीमा बुढा विजयी हुनुभएको छ । उहाँले दुई दुई हजार तीन सय ६० र उहाँका निकटतम प्रतिद्वन्द्व नेपाली काँग्रेसकी मैना जोशीले एक हजार छ सय ९९ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु