dashain
Wednesday, 17 October 2018 10:59 am, Nepal

भोजपुरको साल्पासिलिछोमा काँग्रेस विजयी

मेचीकाली : 2017-07-02 13:20:37


भोजपुर, १८ असार :

भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका महेश राई ६३ मत अन्तरले विजयी हुनुभएको छ । जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा रहेको साल्पासिलिछोमा गएरातिको सार्वजनिक मत परिणामअनुसार राईले एक हजार ६७४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खगेन्द्र राईले एक हजार ६११ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा भने एमालेकै धनमाया राई सङ्घीय समाजवादी र काँग्रेसको गठबन्धनलाई पछि पार्दै एक हजार ४७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी वीरकुमार राईले एक हजार २८३ मत प्राप्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु