dashain
Wednesday, 17 October 2018 12:12 pm, Nepal

देवदहमा नेपाली काँग्रेस विजयी

मेचीकाली : 2017-07-04 08:33:00


बुटवल, २० असार :

रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदबार विजयी भएका छन् । सोमबार राति अबेर घोषणा भएको निर्वाचन परिणामअनुसार नगरको प्रमुखमा काँग्रेसका क्षेत्र नं १ का सभापति समेत रहेका युवा नेता हीरा केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

नगरपालिकामा विजयी केसीले १० हजार १७६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त गर्नुभयो । नगरका तीनवटा वडामा प्यानलसहित प्रमुख पद पनि काँग्रेसले जितेको हो ।

नगरपालिकाको उपप्रमुख पदमा भने एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी हुनुभएको छ । उहाँले १० हजार २११ प्राप्त गर्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की टीका न्यौपानेले सात हजार ६६ मत प्राप्त गर्नुभयो । देवदहका नौवटा वडामा भने एमालेले जित हात पारिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु