dashain
Wednesday, 17 October 2018 11:51 am, Nepal

सियारी गाउँपालिकामा एमाले विजयी

मेचीकाली : 2017-07-05 11:26:29


बुटवल, २१ असार :

रुपन्देहीको सियारी गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।मङ्गलबार राति सम्पन्न मतगणनापश्चात् घोषित परिणामअनुसार एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गर्नुभएको छ ।यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी हुनुभएको छ । उहाँले ६ हजार ५० मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा (एमाले) र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस विजयी भएका छन् ।वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली काँग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा (एमाले)का किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी हुनुभएको छ । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु