dashain
Wednesday, 17 October 2018 10:41 am, Nepal

धरानमा मतगणना अवरुद्ध

मेचीकाली : 2017-07-05 13:14:14


इटहरी, २१ असार :

धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन् ।

धरान–९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आरोप लागेपछि मतगणना कार्य अवरुद्ध बन्न पुगेको थियो । मतगणना सुचारु गर्ने विषयलाई लिएर मङ्गलबार दिनभरि धरानमा पटक पटक बैठक बसे पनि राजनीतिक दलबीच सहमति कायम हुन सकेन् ।

मतगणना सुचारु गर्ने बिषयमा आज पनि बैठक बोलाइएको छ । सहमति भयो भने दिउँसोबाट मतगणना कार्य अगाडि बढ्न सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ । इटहरी उपमहानगरपालिको पछिल्लो मतगणनाको नतिजाअनुसार प्रमुख पदमा एमालेका द्वारिकलाल चौधरीले १३ हजार ९९८ र उपप्रमुखमा सोहि पार्टीका लक्ष्मी गौतमले १२ हजार ९८६ मत प्राप्त गरी अग्रता लिएको छ । प्रमुखमा काँग्रेसका रोहित प्रसाईंले १२ हजार ६१७ र उपप्रमुखमा बिकला ढकालले ११ हजार ६५९ मत ल्याएर पन्छाइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु