dashain
Wednesday, 17 October 2018 10:41 am, Nepal

बुटवलमा एमालेले मतान्तर बढायो

मेचीकाली : 2017-07-05 17:07:02


बुटवल, २१ असार :

बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा (एमाले)ले मतान्तरलाई बढाएको छ । कुल खसेको ४९ हजार ८९५ मतमध्ये अहिलेसम्म ४६ हजार ६६१ मत गणना सकिएको छ । उपमहानगरपालिकाको १९ वडामध्ये १७ वटा वडाको मतगणना सकिएको प्रमुख निर्वाचन अधिकृत भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

प्रमुख पदमा एमालेका शिवराज सुवेदी नेपाली काँगे्रसका खेलराज पाण्डेभन्दा दुई हजार ६१ मतले अगाडि रहनुभएको छ । सुवेदीले २२ हजार ३५ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले १९ हजार ३५४ प्राप्त गर्नुभएको छ । उपप्रमुखमा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले भन्दा एमालेका गुमादेवी आचार्यको भन्दा १० हजार बढी मतले अगाडि रहनुभएको छ । आचार्यले २० हजार ४० मत ल्याउनुभएको छ भने पोखरेलले १३ हजार ५९४ मत प्राप्त गर्नुभएको छ ।

उपमहानगरको वडा नं १७ मा एमालेले वडाध्यक्षसहित पूरै समूह जितेको छ । एमालेले हालसम्म वडा नं १३ को एउटा वडा सदस्य र अध्यक्ष तथा वडा नं १ मा एउटा वडा सदस्यबाहेक सम्पूर्ण पदमा जित हासिल गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु