dashain
Wednesday, 17 October 2018 10:12 am, Nepal

दाङको तुलसीपुर उपमहानगरको मेयर र उपमेरमा एमाले विजयी

मेचीकाली : 2017-07-06 08:42:25


दाङ, २२ असार :

तुलसीपुर उप महानगरपालिकामा एमालेका उमेदवार  विजयी भएका छन् । पाण्डेले ३ हजार ९ सय ५४ मत अन्तरले कांग्रेसका गेहेन्द्र गिरीलाई पछि पार्दै नगर प्रमुखमा विजयी हुनुभएको हो । मेयरमा घनश्याम पाण्डेको २२ हजार ८ सय ५७ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याउनु भएको छ ।

२३ बर्षमा २० वर्ष अगाडि तुलसीपुर नगरपालिकाको उपमेयर बन्नु भएका पाण्डे अहिले तुलसीपुर उप महानगरपालिकाको मेयर पदमा विजयी हुनु भएको हो ।  त्यसैगरी उप प्रमुखमा एमालेकै माया आचार्य विजयी हुनुभएको छ । उहाँले ८ सय ५२  मतले कांग्रेसकी देविका नेपालीलाई पछि पार्नुभएको हो । यस्तै माओवादी केन्द्रका शेसुराम भण्डारीको ८ हजार ६ सय ९३ र उपमेयरमा ९ हजार ५१ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु