Saturday, 22 September 2018 04:55 pm, Nepal

पर्यटकीय क्षेत्र -धरान

मेचीकाली : 2010-07-23 10:23:16


Dharan

धरान पर्यटकिय सम्भावना वोकेको सहर हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थल, भौगीलिक स्थिति, हावा पानी, यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु साथै यसका आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थल तथा वस्तुहरुले यसको पर्यटकिय सम्भावनाहरुलाई देखाउदछ । धरानको शिरानमा रहेको विजयपुर डाँडा र त्यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिरहरु र ती मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरु, वाह्रै मास चिसो हावा पानी पाइने भेडेटार तथा वेलायका युवराज चार्ल्स चढेको पहाड चार्ल्स प्वाइन्ट (भेडेटार भ्यू टावर) तथा धरानमा विकसित हुदै गरेका विभिन्न पार्कहरुले धरानलाई पर्यटकीय केन्द्रको रुपमा विकास हुन सहयोग पुर्याएका छन ।

Dharan1

धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थानहरु र त्यहाँ लाग्ने मेला बराहक्षेत्र, विष्णुपादुका, रामधुनी, पञ्चायनधाम आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पुरयाएका छन । त्यस्तै कोशी टप्पु वन्यजन्तु आरक्षले पनि धरानको पर्यटकीय विकासलाई सहयोग पुर्याधएको छ ।

धरानबाट पूर्वी पहाडी जिल्लाका रमणीय ठाउँहरु धनकुटा, ताप्लेजुङ्ग, कुम्भकर्ण हिमाल, कन्चनजंगा हिमाल, मकालु वरुण राष्ट्रिय निकुन्ज, अरुण उपत्यका, तिनजुरे, मिल्के (लालिगुराँस क्षेत्र), गुफा पोखरी, सभा पोखरी, ह्यात्रुंग झरना आदिको प्रवेश मार्ग भएकाले पनि यसको पर्यटकीय महत्व उच्च रहेको छ ।

धरानका विभिन्न जाति जनजातिहरुका सांस्कृतिक र परम्परागत रहनसहन तथा रितिरिवाजले पनि पर्यटकीय महत्वलाई सहयोग पुर्‌याएको छ । राई जातिको चण्डीनाच, लिम्बू जातिको धाननाच, नेवार जातिको लाखेनाच, गाईजात्रा, तामाङ्ग जातिको शेलो, गुरुङ्ग जातिको रोदीधर तथा क्षेत्रीवाहुन जातिको बालननाच तथा संगिनी आदिको लागि पनि धरान महत्वपूर्ण थलोको रुपमा रहेको छ ।

यो विषयका प्रतिक्रियाहरु

lok:May 28, 2011 01:17:49 PM

धरान पर्यटकीय सम्भावना बोकेको शहर त हो तर पर्यटक हरु धरान घुम्न आउने कहिले देखि हो त्यो दिन भने कहिले पनि आयो जस्तो लागेन . धरानमा न त नदी छ न त ताल तलैया छ न त हिमाल देखिन्छ न त ठुलो उद्योगहरु नै छन्, न त जिल्ला सदरमुकाम नै हो, न त क्षेत्रीय कार्यालयहरु नै छन्, न त ठुला ठुला राष्ट्रिय अन्तर्रस्त्रिया कम्पनि हरु नै छन् , न त राष्ट्रिय स्तर का संघ संस्था हरु नै छन् ,न त पुरात्वत्तिक र ऐतिहासिक महत्वका बस्तुहरु छन् , न त एयरपोर्ट छ , न त टर्मिनल बसपार्क छ, केहि छ जस्तो लाग्दैन . मानिसह हरु वा पर्यटक हरु के गर्न धरान आउने हो त? विदेश तिर त नाचुरल भन्दा मानव निर्मित मनोरन्जनात्मक ठाउ हरु घुम्न आऊछन्.

khanal rabin:Mar 15, 2011 08:25:37 AM

रमणीय सुन्दर नगरी धरान\\ घुम्न जौ DHARAN एक चोटी जनै पर्ने सहर DHARAN

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु