dashain
Wednesday, 17 October 2018 11:07 am, Nepal

विराटनगरमा कांग्रेसको अग्रता, रंगेलीमा माओवादी विजयी

मेचीकाली : 2017-07-07 08:54:13


विराटनगर, २३ असार : मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांगे्रसका उम्मेदवार भिम पराजुलीले १३ हजार २ सय ९१ मतका साथ अग्रता कायम गरिराख्नु भएको छ ।एमालेका उम्मेदवार विनोद ढकालले १० हजार ३३ मत पाउनु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादव १० हजार ४ मत पाउनु भएको छ ।
उपमेयरमा पनि कांगे्रस उम्मेदवारकै अग्रता छ । अहिलेसम्म ४५ प्रतिशत मतगणना सकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच जिल्लाकै रंगेली नगरपालिकामा माओवादी विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले जित हात पारेको हो । मोरङमा १६ स्थानीय तहको मतगणना सकिंदासम्म माओवादी दुई, संघीय समाजवादी फोरम १, एमाले ५ र सबैभन्दा बढी ८ स्थानमा जित हात पार्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु