dashain
Wednesday, 17 October 2018 10:48 am, Nepal

महानगरमा काँग्रेसको अग्रता कायमै

मेचीकाली : 2017-07-08 13:33:04


विराटनगर, २४ असार :

विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ । नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा (एमाले)का विनोद ढकालले १३ हजार ३६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत ल्याउनु भएको छ ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको नौ हजार ६७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको आठ हजार २८४ मत रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु