dashain
Wednesday, 17 October 2018 10:40 am, Nepal

स्थानीय तह चुनाव : अब धरान उपमहानगरको नतिजा आउन बाँकी

मेचीकाली : 2017-07-10 08:44:04


धरानमा पनि एमालेकै अग्रता
धरान, २६ असार :

स्थानिय तहको दोस्रो चरणको चुनाव अन्र्तगत अब जम्मा एक स्थानको नतिजा आउन बाँकी रहेको छ । झापाको अर्जुनधाराको नतिजा गएराती सार्वजनिक भएपछि खब धरान गरपालिकाको मात्र बाँकी रहेको छ । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । योसँगै एमालेले दोस्रो चरणमा मात्रै १ सय ५० स्थानमा विजयी हाँसिल गरेको छ ।

नेपाली कांग्रेसले १ सय २१ स्थानमा जितेको छ । माओवादी केन्द्रले ३८ स्थानिय तह जितेको छ । झापा अर्जुनधाराको मेयरमा एमालेका हरिकुमार राना १३ हजार २ सय ५४ मतसँंगै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमराज खरेलले ९ हजार १ सय ६६ मत ल्याउनुभयो । यस्तै उपमेयरमा एमालेकी कमला आचार्य १२ हजार २ सय ८२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी सरस्वती सिटौलाले १० हजार ६२ मत पाउनुभयो । झापामा १५ तहमध्ये ७ मा एमाले, ५ मा कांग्रेस र ३ तहमा राप्रपा विजयी भएको छ ।  यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । एमालेका मेयर उम्मेदवार तारा सुब्बा १४ हजार ७ सय २० मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका प्रतिस्पर्धी तिलक राईले ११ हजार ६ सय २० मतसहित पछ्याइरहनु भएको छ । यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारीले १४ हजार ९ सय ६४ मत पाउनु भएको छ । कांग्रेसका श्यामा रेग्मीको ११ हजार ७ सय ५३ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु