Saturday, 22 September 2018 03:37 pm, Nepal

धरानको मेयरमा एमालेका तारा सुब्बा विजयी, उपमेयरमा एमालेकै मन्जु भण्डारी

मेचीकाली : 2017-07-11 09:57:13


धरान, २७ असार :

धरान उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका तारा सुब्बा विजयी हुनुभएको छ । सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गर्नुभएको छ । सुब्बा कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पछि पार्दै विजयी हुनुभएको हो । ११ दिनसम्म चलेको मत गणना हिजो साँझ सकिएको हो । औपचारिक घोषणा भने मध्यरातमा भएको थियो  ।

उहाँका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गर्नुभएको छ । एमालेका मन्जु भण्डारी उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँले २१ हजार २ सय ५६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत प्राप्त गर्नुभयो । त्यस्तै, आठ दल गठबन्धन गरी निर्वाचन लडेका माओवादी केन्द्रका मेयर अईन्द्र बिक्रम बेघाले ११ हजार १ सय ८० तथा उपमेयर संघिय समाजबादी फोरमका उम्मेद्धवार पारस काङवाङ राईले ५ हजार १ सय ८१ मत पाप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु