Happy tihar
Monday, 23 October 2017 11:03 pm, Nepal

बाढी पहिरो पीडितका लागि पत्रकार महासंघ काभ्रेको सहयोग

मेचीकाली : 2017-08-14 18:50:52


काभ्रे, ३० साउन :

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सदस्यहरुको सहभागिता रहने गरी बाढी र पहिरो पीडितका लागि सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिबाट परेको असुविधालाई सहज गराउने उद्देश्यले महासंघले सहयोग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष मोतीराम तिमल्सिनाको अध्यक्षतामा भएको भेलाले जिल्ला शाखामा आवद्ध पत्रकारहरुले प्रति ब्यक्ति एक सय रुपैया दिने गरी १ सय ५७ जनाको रकम केन्द्रिय समिति मार्फत सम्वन्धित जिल्लामा पु¥याउने गरी संकलन गर्ने निर्णय भएको सचिव नगेन्द्र अधिकारीले जानकारी दिए । भेलामा पत्रकारहरुले समाचार संकलनका लागि ब्यहोर्नु परेको असुविधा तथा मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्ने निर्णय गरेका छन् । बेपत्ता भएका र घरवार विहीन भएकाहरुलाई तत्काल उद्धार गरी राहत वितरण गर्न पत्रकारहरुले माग गरेका छन् ।  त्यस्तै पत्रकार भगवती तिमल्सिनाले ब्यक्तिगत ५ हजार सहयोग गर्ने घोषणा गरेकी छिन् ।

नेपाल समाचार पत्र दैनिकमा कार्यरत पत्रकार तिमल्सिनाले देशका विभिन्न स्थानमा भएको क्षतिमा केहि सहयोग पुगोस् भन्ने उदेश्यले उक्त रकम हस्तान्तरण गर्न लागेको बताईन् । उक्त रकम नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई हस्तान्तरण गर्ने तिमल्सिनाले जानकारी दिईन् । त्यस्तै बाढी पिडितका लागि आईतबार धुलिखेल नगरपालिकाले १ लाख ११ हजार १ सय रकम सहयोग गर्ने घोषणा गरे पछि आज रोशी गाउँपालिकाले पनि सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष डिवी लामाले उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार समितिमा हस्तान्तरण गर्ने बताएका छन् । धुलिखेलका नगर प्रमुख ब्याञ्जुले प्रधानमन्त्रीलाई भेटेरै उक्त रकम सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु