Happy tihar
Monday, 23 October 2017 10:56 pm, Nepal

भदौ २८ गतेदेखि बनेपा महोत्सव हुने

मेचीकाली : 2017-08-19 18:09:15


काभ्रे, ३ भदौ :

बनेपा ब्वाईज क्लवले दशैको अवसर परी भदौ २८ देखि असोज १० गतेसम्म १४ दिने बनेपा महोत्सव गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष महेश कर्माचार्यले हाम्रो अभियान खेलको शान संस्कृति र सम्वृद्धी बनेपाको पहिचान भन्ने मुल नारा सहित महोत्सव आयोजना गरिएको बताए ।

उक्त महोत्वसको मुख्य उदेश्य उग्रेश्वर महादेवको प्रचार प्रसार तथा फुटबल खेलका अतिरिक्त कला, संस्कृति, कृषि घरेलु, उद्योग र ब्यापारीक प्रर्वद्धन गर्ने रहेको क्लबले जनाएको छ । अध्यक्ष कर्माचार्यले उक्त महोत्सवमा एक सय भन्दा धेरै स्टल हुने जानकारी दिदै बालबालिकाहरुका लागि मनोरञ्जनात्मक बालउद्यानको ब्यवस्थापन गर्ने, प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारहरुसहित सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, जिल्ला भित्रका नव प्रतिभावान कलाकारहरुलाई विशेष प्राथमिकता दिने, नृत्य प्रतियोगिताका साथै मिनी फुटबल र महिला भलिबल प्रतियोगिता आयोजना गर्ने बताए । महोत्सवमा सहभागि ब्यापारीक स्टलहरु मध्येबाट गोलाप्रथाबाट एउटा स्टललाई ४० किलोको खसि उपहार दिने घोषणा गरिएको छ ।

महोत्वस बनेपाको उग्रेश्वर महादेव मन्दिर आसपास आयोजना गर्न लागिएको छ । महोत्सव तयारीका लागि विभिन्न उप समितिहरु गठन गरी काम शुरु गरिएको कर्माचार्यले बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले महोत्सवमा दशै तिहारका सामाग्रीहरु राख्न, वर्षातको समय भएकाले विशेष ख्याल पु¥याउन अनुरोध गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु