Happy tihar
Monday, 23 October 2017 10:56 pm, Nepal

काभ्रेमा डेढ महिनामै २३ जनाले आत्महत्या गरे

मेचीकाली : 2017-08-30 08:45:34


काभ्रे, १४ भदौ :

पछिल्लो समय काभ्रेमा आत्महत्या गर्नेको संख्या पुरुष तथा महिलाको संख्या दिनप्रति दिन बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको चालु आर्थिक वर्ष २०७४/०७५ सुरु भएको डेढ महिनामा २३ जनाले आत्महत्या गरिसकेका छन् । प्रहरीका अनुसार साउन महिनामा १७ जनाले आत्महत्या गरेका छन् ।

जसमा झुण्डिएर ११ र विष सेवनबाट आत्महत्या गर्ने ६ जना रहेका छन् । प्रहरीका अनुसार भदौ महिनामा आजसम्म ६ जनाले आत्महत्या गरेका छन् । भदौ महिनाको १३ दिनको अवधिमा ३ जनाले विष र ३ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार साउन महिनामा चौरीदेउराली गाउँपालिका– ५ की मनिषा चौलागाँई, तेमाल गाउँपालिका–८ की नरकुमारी रायमाझी, धुलिखेल–८ का सोमप्रसाद बडाल र मनिषा दाहाल, पाँचखाल–१२ की ठुली दनुवार, धुलिखेल–११ का अच्यूत अधिकारी, बनेपा–६ का दिवाकर परियार, धुलिखेल–५ की विन्दुमायाँ तामाङ, पनौती–५ का सन्तोष श्रेष्ठ र बनेपा–८ की अनुपा जोशी र पाँचखाल–२ का फौदप्रसाद चौलागाँईले झुण्डिएर आत्महत्या गरेका हुन् ।

यसैगरि साउन महिनामा नै पनौती–१० की सावित्री श्रेष्ठ, चौरीदेउराली–४ का कान्छो कामी, धुलिखेल–११ का दुर्गाबहादुर थापा, रोशी–८ का धनबहादुर तामाङ, नमोबुद्ध नगरपालिका–५ का दैमस्या तामाङ र पाँचखाल– ६ का कान्छा भन्ने सानो गोपिलाल तिमल्सिनाले विष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ । यस्तै भदौ महिनामा विष सेवन गरि मण्डनदेउपुर– १ वालुवापाटीकी हरिमायाँ घोरासाईने, बनेपा–७ का केदारप्रसाद अधिकारी, बनेपा–२ का पञ्चलाल श्रेष्ठले आत्महत्या गरेका छन् भने मण्डनदेउपुर– २ की बिनाकुमारी तामाङ, रोशी गाउँपालिका–२ की निर्मला सुनार र बनेपा नगरपालिका–४ की मिना तामाङले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आत्महत्या गर्नुको मुख्य कारण पारिवारिक तनाव, दिर्घ रोगी, प्रेममा असफलता, मानसिक तनाव, दिर्घ रोग, एक्लोपना, कौतुहलता र मादक पदार्थ सेवनको कुलत मुख्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु