Thursday, 21 June 2018 08:29 am, Nepal

बस दुर्घटनामा दुई दर्जन घाइते

मेचीकाली : 2018-02-17 17:17:48


कैलाली, ५ फागुन :

कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।

दुर्घटना परी घाइते भएकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु