Monday, 20 August 2018 08:05 pm, Nepal

पचास–पचास प्रतिशतमा एकता हुने सहमति भएको छैन : नेता खनाल

मेचीकाली : 2018-04-14 19:26:59


बिराटनगर, १ बैशाख :

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०÷५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरु बाँकी सबै सञ्चारमाध्यमको हल्लामात्र भएको प्रष्ट पारे । पार्टीका वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताए । उनले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने प्रष्ट पारे ।
नेता खनालले दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको र प्रतिवेदन जनयुद्ध सम्बन्धमा सकारात्मक रहको बताए । एक प्रश्नको जवाफमा उनले सचिव सरुवा सम्बन्धमा केही कार्य गर्दा कोही पनि कहिले पनि पूर्ण सन्तुष्टि हुँदैन भन्दै असन्तुष्टबाट नै राम्रो कामको शुरुवात हुने बताए । नेता खनालले वाम गठबन्धन सरकार भर्खरै निर्माण भएको छ भन्दै जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले दु्रत गतिबाट कार्य गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु