Friday, 25 May 2018 06:48 pm, Nepal

एउटै वडामा पाँच वटा सडक एकैसाथ उद्घाटन

मेचीकाली : 2018-04-19 13:17:14


खोटाङ, ६ वैशाख :

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो ।

आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित रु ५० लाखको खर्चमा निर्माण गरिएको पाँच वटा सडक नगर प्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभयो । चार किलोमिटर लम्बाइ भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक रु ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक रु आठ लाखको लागतमा निर्माण गरिएको हो ।

यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक रु चार–चार लाखमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । सडक उद्घाटनपछि बाम्राङको सबै टोलमा सहज रुपमा यातायात सञ्चालन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु