Monday, 20 August 2018 08:04 pm, Nepal

सिण्डिकेट अन्त्य गर्ने निर्णयमा पुनर्विचार नहुने गृहमन्त्री थापाको अडान

मेचीकाली : 2018-04-21 10:52:20


काठमाडौं, ८ वैशाख :

  गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पार्नुभएको छ । गृह मन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उहाँले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।  

केही यातायात व्यवसायीको मात्रै हित हुने सिण्डिकेटको पक्षमा नभएर सबै यातायात व्यवसायीको हित हुने गरी निर्णय गरेको उहाँले बताउनुभयो । गत वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले हाल जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रुपमा दर्ता गरिँदै आएकामा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समितिले कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु