dashain
Sunday, 21 October 2018 12:12 am, Nepal

सिंगो पोक्लाबाङ बजार लालपुर्जा विहीन

मेचीकाली : 2018-04-21 10:53:13


तेह्रथुम, ८ वैशाख :

तेह्रथुमको फेदाप गाउँपालिका पोक्लाबाङ बजारका स्थानियले आफ्नो घरजग्गाको लालपुर्र्जा नपाएको भन्दै गुनासो गरेका छन् । केही परिवारले  घर जग्गाको लालपुर्जा पाएको भएपनि एक सय घरधुरीले अझैसम्म लालपुर्जा पाएका छैनन् ।

स्थानीय राजनीतिक दलहरुको पहलमा पटक–पटक लालपुर्जा माग गरिए पनि हालसम्म कसैबाट सुनुवाई नभएको स्थानियको गुनासो छ  । लालपुर्जाविना नै जग्गाको कारोबार समेत हुने गरेको फेदाप गाउँपालिकाकी उपाध्यक्ष गीता थापाले बताउनुभयो । धनीपुर्जा नहुँदा बजारमा सडक, विजुली लगायतका सुविधा पुगेपनि बजारको विकासमा समेत प्रभाव परेको छ । जग्गा धनी पुर्जा नहुँदा स्थानियलाई  सरकारी कार्यालयको  काम र अन्य बैैकिंङ्ग कारोवार गर्न समेत अप्ठ्यारो  भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु