dashain
Saturday, 20 October 2018 10:41 pm, Nepal

काभ्रेमा कृषि मेला हुँदै

मेचीकाली : 2018-04-21 10:54:56


बनेपा, ८ वैशाख :

काभ्रेमा कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला २०७५ आयोजन गरिने भएको छ । समृद्ध काभ्रे कृषि सहकारी संस्था, काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । यहि बैशाख १५ देखि १८ गतेसम्म बनेपाको नयाँ तरकारी बजारमा कृषि व्यापार प्रवद्र्धन तथा व्यापार मेला हुने आयोजकले जनाएको छ ।

कृषि मेलामा एग्रोभेट, विउविजन, कृषि सामग्री, कृषि उपकरण, दुग्ध, फलफुल माछामासुको प्रदर्शनी हुनेछ । यस्तै जिल्लामा उत्पादित अर्गानिक कृषि उत्पादनहरुको पनि प्रदर्शनी हुनेछ । आफुले उत्पादन गरेका कृषि उपजहरु मेलामा राख्न चाहने कृषकका लागि निशुल्क स्टलको व्यवस्था गरिनुका साथै निशुल्क प्रवेशको समेत व्यवस्था गरिएको छ । जिल्लामा कृषि खेतीमा संलग्न कृषक मध्ये उत्कृष्ट किसानलाई विधागत रुपमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस्तै धुर्मुस सुन्तली, भद्रगोल टेलिसिरियल लगायत राष्टिय कलाकारको मनोरन्जनात्मक प्रस्तुती पनि रहने छ । काभ्रे जिल्लाको कुल क्षेत्रफल १ लाख ४० हजार ४ सय ८६ हेक्टर जमिन मध्ये खेतिका लागि योग्य मानिने समथर जामिन ५ दशमलव १ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा ७६ हजार ६ सय ६९ मेटिक टन खाद्यान्न खपत भई ८ सय ९० मेटिक टन खाद्यान्न बचत भएको थियो । कुल जमिनको  ३० हजार ४ सय ३९ हेक्टर जमिन कृषिले ओगटेको काभ्रेमा तरकारी, फलफुल, माछापालन र पशुपालनमा किसानहरुको उल्लेख्य सहभागीता रहेको छ ।

आर्थिक वर्ष ७२/७३ मा ९ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गरि करिव ३० अर्ब भन्दा बढी रकम जिल्लामा भित्रिएको छ ।  यो कृषि प्रवद्र्धन मेलाबाट कृषकहरुलाई आफ्नो कषि उपज विक्रि गर्नका लागि सहज रुपमा व्यवस्था गर्ने, कृषि कर्जा सुविधा उपलब्ध गराउने, सामुहिक कृषि योजना कार्यान्वयन गराउने र कृषक समुह बनाई बचत गराउने लक्ष्यका साथ कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेलाको आयोजना गरिएको काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालिका अध्यक्ष पुर्णचन्द्र सिग्देलले बताए  । उनले मेलासँगै साप्ताहिक रुपमा हाट बजारको व्यवस्था गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु