dashain
Saturday, 20 October 2018 10:32 pm, Nepal

नेपाली विषय विस्थापित गराउन खोजेको खोजेको भन्दै आन्दोलनको चेतावनी

मेचीकाली : 2018-04-22 07:35:25


काठमाडौं, ९ वैशाख :

सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट नेपाली विषयलाई विस्थापित गराउन खोजेको भन्दै नेपाली बिषय बचाउ अभियानले आपत्ति जनाएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को पाठ्यक्रमबाट अनिवार्य नेपाली बिषयलाई विस्थापित गर्ने वा ५० प्रतिशत पुर्णाङ्कको बनाउन लागेको भन्दै अभियानले त्यसविरुद्ध आन्दोलनको चेतावनीसमेत दिएको छ ।

अहिले कक्षा ११ र १२ लाई पनि विद्यालय तहमै समावेश गरिएकाले अन्य कक्षामा झैं ११ र १२ कक्षामा १०० पुर्णाङ्कको नेपाली विषय राख्नुपर्नेमा हटाउन खोज्नु निन्दनीय भएको अभियानले जनाएको छ । अभियानका संयोजक सविन लम्सालले हस्ताक्षर गरेको विज्ञप्तिमा कक्षा ११ र १२ मा १०० पुर्णाङ्कको नेपाली बिषय अनिवार्य गर्नुपर्ने माग अघि सारेको छ । यो सिंगो नेपालीको राष्ट्रियता र पहिचानसँग जोडिएको बिषय भएको भन्दै विज्ञप्तिमा आफूहरुको मागप्रति बेवास्ता गरिए सशक्तरुपमा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

अभियानले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले गत फागुन २४ गते पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयमा यसबारे प्रस्तुत गरेको अवधारणापत्रप्रति पनि ध्यानाकर्षण गराएको छ । उक्त अवधारणापत्रलाई बेवास्ता गरिए त्यो दुर्भाग्यपूर्ण हुने भन्दै अभियानले आफूहरुको आन्दोलनबाट उत्पन्न दुष्परिणामको जिम्मेवार नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्र हुने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

Nepali

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु