Monday, 20 August 2018 08:03 pm, Nepal

साकार भयो खानेपानीको सपना

मेचीकाली : 2018-04-22 09:53:08


सिन्धुपाल्चोक, ९ वैशाख :

सिन्धुपाल्चोकको सानु सिरुवारीमा ६ महिनामै गाउँलेले सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरेर पानी सदुपयोग गर्ने सपना साकार पारेका छन् । ३२ लाख रुपैयाँ बराबरको श्रमदानै गरेको उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो । खानेपानी धारा वितरण र जडान सकेसङगै आयोजनाको उद्घाटन पनि भएको छ ।

उर्जा मन्त्री वर्षमान पुनले सिन्धुपाल्चोकको सानुसिरुवारी स्थित मजुवा बगर कोटडाँडा लिफ्टिङ खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री पुनले पानी तान्ने समय बाहेक अन्य समय खेर जाने सौर्य विद्युत्तलाई केन्द्रीय प्रसारणमा जोडि उपभोत्ता समितिलाई महसुल तिर्ने वातावरण तयार पार्ने बताउनुभयो । २ सय ८१ परिवारलाई खानेपानी उपलब्ध गराउने लक्ष्यसाथ काम गरेको उपभोक्ता समितिले १ सय ३५ घरपरिवारलाई धारा वितरण गरेकोे छ । १२ हजार ४ सय वाट क्षमताको सोलार प्यानले लिफ्टिङ गरेको मजुवा बगरको पानी १४ सय ५२ मिटरमाथिको संकलन ट्यांकीमा पु¥याएपछि घर–घरमा बितरण भइरहेको छ ।

इन्टेकमा संकलन भएको पानी ४८ वटा सोलार प्यानले तानेर पहिलो ट्यांकीमा पु¥याउँछ । पहिलो ट्यांकीमा संकलन भएको पानी दोस्रो ४८ वटै सोलार प्यानलले लिफ्टिङ गरी अन्तिम अर्थात् संकलन ट्यांकीमा पु¥याउनेछ । यो आयोजनाबाट साविक सानुसिरुवारी गाविसका वडा नं. १, २, ३ र ९ का साथै साविक चौतारा–२ का केही घरपरिवार लाभान्वीत भएका छन् । आयोजनामा श्रमदानसहित झण्डै पौने २ करोड रुपैयाँ लगानी भएको छ । यो जिल्लामै पहिलो सोलारजडिट लिफ्टिङ खानेपानी आयोजना हो । आयोजना बन्नपुर्व चौतारा–साँगाचोकगढी नगरपालिका–७ सानुसिरुवारीका स्थानीयले लामो समय खानेपानी समस्या झेलेका थिए ।

जनसंख्याको चाप थपिँदै जाँदा स्थानीय गुरुङ धाराको पानीले थेग्न छोडेको थियो । खानेपानी अभाव टार्न दशकअघि स्थानीयले झण्डै ३५ किमी टाढाबाट ल्याएको जुगल–थालखर्क–होल्चे खानेपानी आयोजनाको सहारा लिएपनि संकट टरेन । आयोजनाका लागि वल्र्ड भिजन (अन्तराष्ट्रि गैह्रसरकारी संस्था)ले झण्डै १ करोड ३० लाख रुपैयाँ दिएको थियो । स्थानीय साझेदार संस्थाको रुपमा जनहित ग्रामीण सेवा समितिले काम गरेको हो । यस खानेपानी आयोजनाका लागि वैकल्पिक उर्जाले ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु