Saturday, 22 September 2018 02:41 pm, Nepal

केरा फाँडेको आरोपमा तीन पक्राउ

मेचीकाली : 2018-05-03 16:05:30


चितवन, २० वैशाख :

पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिनुभयो । उनीहरुको पहिचान भने खुलाइएको छैन ।

प्रारम्भिक जानकारीअनुसार लागूपदार्थ (नशा)को सुरमा उनीहरुले केरा काटेर नष्ट गरेको जानकारीमा आएको भन्दै थापाले अन्य कारण बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । सो घटनाको अनुसन्धान तथा दोषीलाई पक्राउ गरी कारबाहीका लागि अहिले इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा टोली परिचालन गरिएको छ । पक्राउ परेका तीनैजना रत्ननगर प्रहरीको हिरासतमा छन् ।

अज्ञात समूहले सोमबार राति १२ जना केरा किसानको तीन हजार ९४ बोट केरा बगानमै पसेर नष्ट गरेको थियो । अनुमानित रु १५ लाख ४७ हजारको केरा नष्ट भएको जानकारी दिँदै चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले दोषी पत्ता लगाई कारबाहीको माग गर्नुभएको छ ।

केरा किसान नवराज धितालको १५० बोट, शोभा भट्टको ६०० बोट, झलक सुवेदीको ३००, देवीप्रसाद गोतामेको ५०, शंकर अम्गाईको २५० र ध्रुव आचार्यको ३५ बोट केरा नष्ट भएको छ । यस्तै, कोपिला दाहालको एक हजार २००, गोपी लामिछानेको २००, गोविन्द दाहालको ५०, लिला पंगेनीको १५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा नष्ट भएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु