Tuesday, 23 October 2018 10:39 am, Nepal

मण्डन देउपुर नगरमा जनप्रतिनिधि र जनता कार्यक्रम

मेचीकाली : 2018-05-03 18:37:40


काभ्रे, २० वैशाख :

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षाको विकासका लागि जनप्रतिनिधि र जनता कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका सम्पुर्ण वडामा रहेका विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधिबिच वडामा रहेका समस्या र गर्न सकिने सुधार कार्यका बारेमा छलफल भइरहेको छ ।

यस्तै नगरपालिकाले कम विद्यार्थी रहेका सामुदायिक विद्यालयको समायोजन गरेकाको छ । नगरभित्र कक्षा १ देखि ३ सम्म सन्चालित ६ वटा विद्यालयलाई बाल कक्षा मात्र रहने गरि अरु हटाइएको छ । यस्तै कक्षा १ देखि ५ कक्षासम्म सन्चालन भइरहेका १३ वटा विद्यालयलाई कक्षा ३ मा झारिएको छ भने कक्षा १ देखि ८ सम्म सन्चालन भइरहेका २ वटा विद्यालयलाई ५ कक्षासम्म मात्र सन्चालन गर्ने निर्णय भएको छ । गुणस्तरिय शिक्षा प्रवद्र्धनका लागि नगर शिक्षा समिति, अनुगमन समिति र नियमावली बनिसकेको नगरप्रमुख टोक बहादुर वाइवाले जानकारी दिए । उनले शैद्धान्तिक, व्यवहारिक र वैज्ञानिक तवरले शिक्षक दरबन्दि मिलान गरिने बताएका छन् ।

अंग्रजी शिक्षा प्रतीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै नगरका सम्पर्ण सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यमका पाठ्यपुस्तक निशुल्क वितरण गर्ने, शिक्षामा नयाँ प्रविधिको विकासका लागि सरकारी र नीजि दुवै विद्यालयलाई टकिङ पेन खरिद गर्न हरेक विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको छ । यस्तै नगरपालिकाको सहयोगमा  डेडिथुम्का क्याम्पसमा प्राविधिक शिक्षा सुरु गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । शिक्षकहरु विद्यालय समयमा नजाने, गएको दिनमा नगएको दिनको समेत हाजिर गर्ने लगायतका विकृती अन्त्यका लागि इलेक्ट्रोनिक हाजिरीको सुरु भइसकेको छ । नगरप्रमुख वाइवाले अब शैक्षिक क्षेत्रमा राजनीतिकरण हुनै नदिने प्रतिवद्धता जनाएका छन् । उनले काममा पारदर्शिता र जिम्मेवारीमा इमान्दारिता हुनै पर्ने भन्दै उत्कृट शिक्षकलाई नगरपालिकाले सम्मान गर्ने बताएका छन् । मण्डनदेउपुर नगरपालिकामा ४६ वटा सामुदायिक र ८ वटा नीजि विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको