Tuesday, 19 June 2018 12:53 am, Nepal

नेकपाका अध्यक्षद्वय केन्द्रीय कार्यालय अवलोकन गर्दै

मेचीकाली : 2018-05-18 12:51:42


काठमाडौँ, ४ जेठ :

पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयको अवलोकन गर्दै हुनुहुन्छ । एमाले र माआृवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ । यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गर्नुभएको छ । उहाँलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु