Sunday, 19 August 2018 05:40 pm, Nepal

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

मेचीकाली : 2018-05-20 13:48:57


काठमाडौँ, ६ जेठ : उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो ।
आज अपराह्न १३.३० बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै हुनुहुन्छ । लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केही दिन पहिले उहाँलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु