dashain
Wednesday, 17 October 2018 11:43 pm, Nepal

सरकार नीति तथा कार्यक्रम आज संघीय संसद्‌मा पेस गर्दै

मेचीकाली : 2018-05-21 13:31:09


काठमाडौं, ७ जेठ :

सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्‌मा पेस गर्दैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ४ बजे संसद् बैठक बोलाइएको छ । संसद् भवन झकिझकाउ बनाइएको छ ।

राष्ट्रपतिको स्वागत र सवारी व्यवस्थित गर्न सचिवालयले हिजो पूर्वअभ्यास गरेको थियो । कार्यक्रमका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई समेत निम्तो दिइएको सचिवालयले जनाएको छ । संयुक्त बैठकपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठकले राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद दिने कार्यसूची छ । नीति तथा कार्यक्रममाथि छलफलका लागि तीन दिन छुट्टयाइएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु