Monday, 20 August 2018 02:14 pm, Nepal

नेकपा केन्द्रीय समितिले आज पूर्णता पाउने

मेचीकाली : 2018-05-21 13:31:35


काठमाडौं, ७ जेठ :

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिले आज पूर्णता पाउने भएको छ । हिजो नै पूर्णता पाउने बताएपनि तत्कालीन माओवादी केन्द्रमा रहेका नेताहरुको नाम टुङ्गो लगाउन नसकेपछि आजमात्रै पूर्ण दिने तयारी छ । थपिने केन्द्रीय सदस्यको नाम टुंगो लगाउन आज कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीका केही नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ ।

नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागि सकेको र छिट्टै नाम सार्वजनिक गरिने जानकारी दिनुभयो ।  एकीकृत कम्युनिस्ट पार्टीमा नौ सदस्यीय सचिवालय बनिसकेको छ । पार्टीको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । ४५ सदस्यीय स्थायी कमिटीमा २६ तत्कालीन एमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् । ४४१ केन्द्रीय सदस्यमा २४१ तत्कालीन एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन् । तत्कालीन एमालेको २६ सदस्यीय स्थायी कमिटीलाई स्वतः एकीकृत पार्टीको स्थायी कमिटी सदस्य बनाइँदै छ । यसैगरी, २४१ सदस्य केन्द्रीय सदस्यका लागि एमालेका तत्कालीन १९६ सदस्य स्वतः केन्द्रीय सदस्य हुनेछन् । बाँकी ४५ थपिनेको पनि टुंगो लागिसकेको छ ।

बरियताका बिषयमा बिवाद

नेपाल कम्युनिष्ट पार्टीमा बरियताका बिषयमा बिवाद देखिएकोे छ । नेकपाको सचिवालयमा उच्च तहका नेताको वरियताक्रम हेरफेर भएपछि विवाद सृजना भएको हो । वरियताका बिषयमा विवाद भएपनि अबको २ बर्षभित्र पार्टीको महाधिवेशनले सबै कुराको टुंगो लगाउने नेकपाका बरिष्ठ नेता एवम् सचिवालय सदस्य झलनाथ खनालले सीआइएनसँग बताउनुभयो । उहाँले पार्टी एकताका कारण सबै नेता तथा कार्यकर्ता खुसी भएकाले बिस्तारै सबै समस्याको समाधान भएर उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु