Tuesday, 19 June 2018 12:40 am, Nepal

आठ सय ५० भन्दा बढी कैदीलाई आम माफी दिने तयारी

मेचीकाली : 2018-05-22 10:49:17


काठमाडौं, ८ जेठ :

सरकारले आठ सय ५० भन्दा बढी कैदीलाई आम माफी दिने तयारी गरेको छ । आम माफीका लागि कारागार व्यवस्थापन विभागले पेश गरेको आठ सय ५० भन्दा बढी कैदीको सूचीलाई गृह मन्त्रालयले अन्तिम रुप दिने तयारी गरिरहेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपतिले स्वीकृत गरेपछि आम माफी कार्यान्वयनको प्रकृयामा जानेछ ।

सरकारले दशैं र गणतन्त्र दिवसको अवसर पारेर हरेक वर्ष कैदीलाई आम माफी दिने गरेको छ । ४० प्रतिशत सजाय काटेका र असल चालचलन भएका कैदीहरु मात्र यसको हकदार हुन्छन् । तर विभिन्न २३ कसुरमा भने आम माफी दिन नमिल्ने व्यवस्था छ । जिल्ला कारागार र जिल्ला प्रशासन प्रमुखले सिफारिस गरेपछि कारागार व्यवस्थापनले देशभरबाट आएका त्यस्ता सिफारिसमध्येबाट सुची तयार गर्छ र त्यसलाई गृहले अन्तिम रुप दिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु