dashain
Saturday, 20 October 2018 10:59 pm, Nepal

दोलखामा एकसय ३ जना बालबालिका विद्यालय बाहिर

मेचीकाली : 2018-05-25 08:58:36


दोलखा, ११ जेठ :

दोलखाका ६ वटा स्थानीय तहका एकसय ३ जना बालबालिका अझै विद्यालय बाहिर छन् । जिल्लामा विद्यालय जाने उमेर समूहका एकसय ३ जना विद्यार्थी विभिन्न कारणले विद्यालय बाहिर रहेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका सुचना अधिकारी भक्तबहादुर गोदारले जानकारी दिनुभयो ।

 दोलखाको ९ वटा स्थानीय तह मध्ये सबै भन्दा कम विगु गाउँपालिकामा ७ जना र सबै भन्दा बढि जिरी नगरपालिकामा २९ जना बालबाबालिका विद्यालय बाहिर रहेका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकामा १४, गौरीशंकरमा १९, भिमेश्वर नगरपालिकामा १२ र तामाकोशी गाउँपालिकामा २२ जना विद्यार्थी विद्यालय बाहिर रहेका छन् । जिल्लाको शैलुङ गाउँपालिका, कालिञ्चोक र मेलुङ गाउँपालिकामा भने कोही पनि बालबालिका विद्यालय बाहिर नरहेको पाईएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दोलखाले १६ वटा श्रोत केन्द्र मार्फत् नगर तथा गाउँपालिकाको सहकार्यमा प्रत्येक विद्यालयमा शिक्षा मन्त्रालयले विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्याङ्क संकलनका लागि पठाएको फारम भर्ने क्रममा यस्तो तथ्यांक बाहीर आएको हो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु