Tuesday, 23 October 2018 11:48 am, Nepal

विपत्को जोखिम बढि भएकाले सचेत रहन मौसमविद्हरुको सुझाव

मेचीकाली : 2018-06-10 10:27:12


काठमाडौं, २७ जेठ :

यसपाली चाँडै मनसुन सुरु भएसँगै बाढी, पहिरोलगायत विपद्को जोखिम पनि बढेको छ । यस वर्ष मनसुन १ सय १५ दिनसम्म सक्रिय हुने भएकाले सजग रहन मौषमविद्हरुको सुझाव छ । विपद् पूर्वको तयारीमा ध्यान नदिइँदा हरेक वर्ष मुलुकको तराई भेगका नागरिक बाढीका कारण पीडित हुने गरेका छन् भने पहाडी भेगमा पहिरोको जोखिम धेरै रहन्छ ।

यसअघि केन्द्र सरकारले नै विपद् व्यवस्थापनका लागि काम नगरेको गुुनासो सुनिन्थ्यो तर संघीयता कार्यान्वयनसँगै स्थानीय तहले पनि पर्याप्त तयारी गर्न सकेका छैनन् । बाढी, पहिरोलगायत विपद्का कारण नेपालमा वर्षेनी औसतमा ६ सय जनाको मृत्यु हुने गरेको गृहमन्त्रालयको तथ्याकं छ । सामान्यतया नेपालमा १५ सय देखि १६ सय मिलिमिटर सम्म पानी पर्ने गर्छ । त्यसमध्ये ८० प्रतिशत पानी मनसुनमा पर्छ । यसपाली मौसम चाँडै सुरु भएकाले सजग रहन मौसमविदुहरुले सुझाव दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु