Tuesday, 23 October 2018 11:19 am, Nepal

बिषादीमुक्त भयो काभ्रेमा उत्पादित आलु

मेचीकाली : 2018-06-10 16:31:56


गुमेको साख फर्कँदै, ढुक्क भएर खान आग्रह
काभ्रे, २७ जेठ :

बर्षौंपहिले काभ्रेमा उत्पादित आलु काठमाडौंका उपभोक्ताका लागि आकर्षण बनेको थियो । गुणस्तरीय तरकारी उत्पादनका लागि चिनिएको काभ्रेको आलुसहितका तरकारी काठमाडौंका बजारमा धेरै खोजी हुने गरेको थियो । तर, पछिल्ला बर्षहरुमा भने यही तरकारी बदनाम हुन थालेपछि व्यवसायीले काभ्रेको आलुलाई अन्तैको भन्दै बेचनुपर्ने बाध्यता थियो । तर, अब फेरि काभ्रेली तरकारीको गुमेको साख फर्किएको छ ।

जिल्लामा रासायनिक मल र बिषादीको खपतमा कमी आएसँगै आलुसहितका तरकारीमा गुमेको साख फर्कंदै गएको हो । आज पाँचखालमा सरकारकै एउटा निकायले परिक्षण प्रतिवेदन सार्वजनिक गर्दै काभ्रेमा उत्पादित आलुमा बिषादी नभएको पुष्टि गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, सुपरजोन कार्यान्वयन इकाई आलु बनेपाले जिल्लामा परियोजना लागु भएपछि हालै गरेको विषादी प्रयोगको अवशेष विश्लेषणबाट जिल्लामा उत्पादन हुने आलुमा तोकिएको भन्दा कम मात्रामा विषादी प्रयोग भएको पाइएको हो ।
अब यहाँ उत्पादित आलु ढुक्क भएर सेवन गर्न सकिने बरिष्ठ कृषि अधिकृत किशोरप्रसाद पन्तले बताए । आलुबालिमा विषादी अवशेष विश्लेषण नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै पन्तले आलुमा हुने ओर्गानोफोसफेट र कार्बामेटको अवस्थाका बारेमा प्राप्त तथ्याकं तोकिएको भन्दा कम रहेकाले ढुक्कसक्क सेवन गर्न सकिने बताए । सुपरजोन अन्र्तगतका आलु खेति गरिने मुख्य क्षेत्रहरु पाँचखाल, खोपासी, कुशादेवी, नाला र बनेपा क्षेत्रको आलुको नमुना संकलन गरिएको थियो । प्रत्येक क्षेत्रबाट १० वटा नमुना संकलन गरी पनौती, साँगा र धुलिखेल बजारबाट ३ वटा नमुना संकलन गरिएको थियो । द्रुत विषादी अवशेष पपरिक्षण प्रयोगशाला कालिमाटीबाट परिक्षण गरि प्राप्त विवरण पाँचखालमा सार्वजनिक गरिएको होे ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु